Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरामा कोटिहोमका नाममा काटिएका दाउरा महानगरद्वारा जफत

पोखरामा कोटिहोमका नाममा काटिएका दाउरा महानगरद्वारा जफत

images
  • पोखरामा कोटिहोमका नाममा काटिएका दाउरा महानगरद्वारा जफत
    images

    राजेश पराजुली, पोखरा । कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले जफत गरेको छ । पोखरा लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा जम्मा गरेर राखिएको अवस्थामा नगर प्रहरीले बुधबार काठदाउरा जफत गरेको हो।

    images
    images
    images

    मानव सेवा फाउन्डेसनले पोखरामा ३ महिनाभन्दा बढी कोटिहोम चलाउने भन्दै पोखराका सडक तथा चौताराका रुख काटेको थियो । ऐतिहासिक एवं महत्वपूर्ण चौतारा तथा सडकका रुख ठुटो बनाएपछि महानगरको पनि चर्को आलोचना भइरहेको छ । रुख काट्न महानगरले नै मौन स्वीकृति दिएको भन्दै सरोकारवालाले आलोचना गर्दै आएका थिए ।

    images
    images
    images

    तर, महानगरले भने कोटिहोम आयोजकले आफूहरुसँग अनमुति नलिएकोले कारबाही गर्ने बताउँदै आएको थियो । मंगलबार मिडियासँग कुरा गर्दै महानगर मेयर आचार्यले अनुमतिबेगर पोखरामा कोटिहोम चल्न नदिने बताएका थिए ।

    images
    images

    ऐतिहासिक चौतारीहरू मासेर गर्न लागिएको उक्त कोटीहोम राज्यको कुनै पनि निकायबाट अनुमति नलिइएको र नगर क्षेत्रका रुखहरू कटान गर्ने सन्दर्भ समेत महानगरपालिकाबाट अनुमति लिइएको पाइएपछि महानगरीय प्रहरी बलका प्रमुख नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाको नेतृत्वमा पुगेको टोलीले सय टन बढी काठदाउराहरु नियन्त्रणमा लिई जफत गरेको हो । जफत गरिएका काठदाउराहरु महानगरपालिकाले सुरक्षित स्थानमा राखेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरामा कोटिहोम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।