Logo

२०८३, कार्तिक २७गते


images
images

‘सबै मौसममा पर्यटन’ नारासहित घान्द्रुकमा पर्यटन महोत्सव हुने

‘सबै मौसममा पर्यटन’ नारासहित घान्द्रुकमा पर्यटन महोत्सव हुने

images
  • ‘सबै मौसममा पर्यटन’ नारासहित घान्द्रुकमा पर्यटन महोत्सव हुने
    images

    राजेश पराजुली, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘सबै मौसममा पर्यटन’ भन्ने मुल नारासहित घान्द्रुकमा पर्यटन महोत्सव आयोजना गर्ने  भएको छ ।

    images
    images
    images

    घान्द्रुक गाउँ सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिने तथा खेलकुदको विकास गर्ने उद्देश्यले घान्द्रुक पर्यटन महोत्सव आयोजना गर्न लागेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।

    images
    images
    images

    चैत अन्तिम साताबाट सुरु हुने महोत्सवमा विभिन्न समुदायमा प्रचलित सांस्कृतिक र खेलकुदका कार्यक्रमहरु समावेश गरिनुका साथै मुख्य आकर्षणका रुपमा भलिबल, बास्केटबल तथा घोडा दौड प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ ।

    images
    images

    विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय राजधानी घोषणा भैसकेको अवस्थामा सगँसंगै ढुङ्गेनी गाउँ घान्द्रुक पनि विश्वको दोश्रो छोटो दुरी गन्तव्यमा पर्न सफल भएको छ । हामी अझ पर्यटकीय गतिविधिलाई अझै उचाइमा पुर्याउनका लागि यस पर्यटन महोत्सवले टेवा पुर्याउने विश्वास लिएका छौं ।’

    नितान्त पर्यटनको क्षेत्रमा काम गर्ने लक्ष्यसहित स्थापना गरेको यो संस्थाले खेल पर्यटको प्रर्वद्धन गर्न कसरत गरिरहेका बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सबै मौसममा पर्यटन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।