Logo

२०८३, कार्तिक २७गते


images
images

महोत्तरीमा ४५ हजार बढीलाई एचपिभी खोप दिइँदै

महोत्तरीमा ४५ हजार बढीलाई एचपिभी खोप दिइँदै

images
  • महोत्तरीमा ४५ हजार बढीलाई एचपिभी खोप दिइँदै
    images

    महोत्तरी । महोत्तरीमा करिब ४५ हजार किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध (एचपिभी) खोप लगाइने तयारी छ ।

    images
    images
    images

    जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमा दुई चरणमा सञ्चालन गरिने खोप अभियानअन्तर्गत ४५ हजार चार सय ६४ जना किशोरीलाई खोप दिइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको हो । पहिलो चरणको खोप बिहीबार सुरु हुँदैछ ।

    images
    images
    images

    विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० वर्षदेखि १४ वर्ष उमेर समूहभित्रका किशोरीलाई खोप दिइँदै छ ।

    images
    images

    खोप दिइने विद्यालयका छात्रा ३६ हजार ६० र विद्यालय बाहिरका किशोरी आठ हजार चार सय ६८ रहेका कार्यालय प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिए ।

    जिल्लाका सात स्थानीय तहमा पहिलो चरणमा बिहीबारदेखि ३० गतेसम्म खोप सञ्चालन हुने कार्यालयले जनाएको छ ।

    जलेश्वर, लोहारपट्टी, मनराशिशवा र मटिहानी नगरपालिका तथा पिपरा, एकडारा र महोत्तरी गाउँपालिकालमा पहिलो चरणमा खोप कार्यक्रम रहेको वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिए ।

    यसरी पहिलो चरणमा १९ हजार ६९ जना किशोरीलाई एचपिभी खोप दिइने कार्यालयले जनाएको छ ।

    यसै गरी दोस्रो चरणअन्तर्गत आगामी फागुन २ गतेदेखि आठ गतेसम्म सञ्चालन गरिने भएको छ । दोस्रो चरणअन्तर्गत जिल्लाका भङ्गाहा, बर्दिबास, रामगोपालपुर, बलवा, औरही र गौशाला नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिका समावेश छन् ।

    यस चरणमा २६ हजार तीन सय ९५ जना किशोरीलाई खोप लगाइने वरिष्ठ स्वास्थ्य प्रशासक साहले जानकारी दिए । जिल्लामा खोप दिइने सबैभन्दा बढी बर्दिबास नगरपालिकामा चार हजार नौ सय ८६ र सबैभन्दा कम महोत्तरी गाउँपालिकामा एक हजार सात सय १७ किशोरी छन् ।

    जिल्लाका छ कक्षादेखि १० सम्म पठनपाठन हुने सबै विद्यालय र विद्यालय बाहिरका किशोरीलाई लक्षित गरी बस्ती बस्तीमा खोप केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

    जम्मा चार सय दुई खोप केन्द्र व्यवस्था गरिएको साहको भनाइ छ । खोप सञ्चालनका लागि हरेक केन्द्रमा एक सुपरभाइजर, एक भ्याक्सिनेटर र दुई स्वयंसेवकसहित चार जनाको जनशक्ति परिचालन गरिने कार्यालयले स्पष्ट गरेको छ ।

    यो अभियानमा लक्षित समूहभित्रका कोही किशोरी नछुटुन् भनी प्रचारप्रसार गरिएको जानकारी दिँदै कार्यालय प्रमुख साहले यस अभियानमा साथ दिन सबैसँग अनुरोध गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एचपिभी खोप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।