Logo

२०८३, कार्तिक २७गते


images
images

भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका ४ सहित ५ नेपालीको मृत्यु

भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका ४ सहित ५ नेपालीको मृत्यु

images
  • भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका ४ सहित ५ नेपालीको मृत्यु
    images

    बुटवल । भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ।

    images
    images
    images

    तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो अर्को दिशाबाट गुडिरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटनामा परेको हाे ।

    images
    images
    images

    दुर्घटनामा महोत्तरीका पाँच जनाको मृत्यु भएको हो।

    images
    images

    दुर्घटनामा  श्रीमान, श्रीमती, मामा, माइजु र चालकको मृत्यु भएको हो। दुर्घटनामा थप  चार जना गम्भीर घाइते भएका छन्। 

    घाइते हुनेमा मनोहर झा, कामिनी झा, सृष्टि ठकुर र देवतारणदेवी छिन् ।

    भारतको प्रभात खवर दैनिकका सुरसण्ड प्रतिनिधि पत्रकार विजय नारायण मिश्रका अनुसार जिप अनियन्त्रित भएर दुर्घटना भएको हो।

    दुर्घटनामा महोत्तरीको मनरासिस्वा नगरपालिका–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीया अर्चना झा र सिरहा जिल्ला घर भएका नाम थर नखुलेका स्कर्पियो चालकको मृत्यु भएको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्कर्पियो दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।