Logo

२०८३, कार्तिक २७गते


images
images

डोरी तान प्रतियोगितामा संगम टोल विकास संस्था प्रथम

डोरी तान प्रतियोगितामा संगम टोल विकास संस्था प्रथम

images
  • डोरी तान प्रतियोगितामा संगम टोल विकास संस्था प्रथम
    images

    देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सवमा अन्तर टोल विकास संस्थाबीच डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । देवदह क्षेत्रका १२ वटा टोल विकास संस्थाहरुको सहभागिता रहेको प्रतियोगितामा संगम टोल विकास संस्था देवदह–३ प्रथम भएको छ । 

    images
    images
    images

    प्रतियोगिताको फाईनल खेलमा संगम पाल्पाली देवदह–५, लाई सोझो सेटमा पराजित गर्दै संगम टोल विकास संस्था देवदह–३ प्रथम हुन सफल भएको हो । प्रतियोगितामा संगम पाल्पाली देवदह–५, द्धितिय र केशव मार्ग देवदह–७, तृतिय भएको खेल संयोजक खेमराज चापागाईले जानकारी दिए । 

    images
    images
    images

    प्रतियोगितामा संगम पाल्पालीले केशव मार्गलाई हराउदै फाईनलमा प्रवेश गरेको थियो भने संगम टोल वाई परेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले नगद १५ हजार, द्धितिय हुने टिमले नगद १० हजार र तृतिय हुने टिमले नगद ५ हजार प्राप्त गरेका छन् । 

    images
    images

    प्रतियोगिताका विजेता टिमलाई देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल र देवदह व्यापार संघका अध्यक्ष कोषबहादुर गुरुङ्गले पुरस्कार प्रदान गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डोरी तान प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।