अर्घाखाँची । प्रेस चौतारी नेपाल अर्घाखाँचीको अध्यक्षमा नविन केसी निर्वाचित भएका छन् । बिहिबार सन्धिखर्कमा सम्पन्न ७औँ जिल्ला अधिवेशनबाट अध्यक्ष केसीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा सिदार्थ के.सी., महिला उपाध्यक्ष करिस्मा खनाल, सचिवमा नवीन रसाईली, सहसचिव लक्ष्मी खनाल, समावेशी सहसचिव कमला परियार र कोषाध्यक्षमा प्रकाश प्यूठानी रहेका छन् ।
यस्तै समितिको सदस्यहरूमा चन्द्र पाण्डे, किरण खनाल, हिमाल पौडेल, रमेश कुमार थापा, कमल प्रसाद भुसाल, केशव पन्थी, सम्झना ज्ञवाली, रिना सुनार र कोपिला आचार्य निर्वाचित भएका छन ।
नवनिर्वाचित अध्यक्ष के.सी.ले संगठनले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्ने र पेशागत दायित्वलाई बोध गर्ने प्रतिबद्धता गरेका छन ।
अधिवेशनबाट शोभाखर पन्थी, वसन्त श्रेष्ठ र भगवता पाण्डे केन्द्रीय प्रतिनिधिको रुपमा छनौंट भएका छन । यस्तै माधव वेल्वासे, सविता आचार्य र माया पन्थी प्रदेश प्रतिनिधिमा चयन भएको प्रेस चौतारी अर्घाखाँचीले जनाएको छ ।
अधिवेशनको उद्घाटन गर्दै एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दै जाँदा सञ्चारका माध्यममाथि चुनौंति थपिएको बताए । औपचारिक कार्यक्रमको एक लाइन स्टाटस र फोटो फेसबुकमा पोष्ट गर्ने प्रचलन बढेको भन्दै अध्यक्ष भुसालले यसले पत्रकारको भूमिका नपुग्ने बताए ।
अधिवेशनमा एमाले अर्घाखाँचीका नेताहरु, प्रेस चौतारीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरु, अन्य पेशागत संघ÷संगठनका जिल्ला अध्यक्षहरु, पत्रकार महासंघका पदाधिकारी तथा पूर्व पदाधिकारी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology