Logo

२०८३, कार्तिक २७गते


images
images

प्याव्सन देवदह खेल महोत्सव : दोस्रो दिनका खेलहरू सम्पन्न

प्याव्सन देवदह खेल महोत्सव : दोस्रो दिनका खेलहरू सम्पन्न

images
  • प्याव्सन देवदह खेल महोत्सव : दोस्रो दिनका खेलहरू सम्पन्न
    images

    देवदह । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) देवदह नगर समितिद्धारा आयोजित चौथो प्याव्सन खेल महोत्सव–२०८१ अन्तरगत विभिन्न खेलहरु सम्पन्न भएका छन् । जुनियर छात्र तर्फ भएको ४ सय मिटर दौडमा बुद्धपव्लिक प्रथम, एशियनलाईट द्धितिय, सेभेनस्टार तृतिय, ग्रीनप्लान्ट सान्त्वना भएको छ । सोही खेलको छात्रा तर्फ बुद्धपव्लिक प्रथम, एशियनलाईट द्धितिय, मदरटङ्गस तृतिय, मदरल्याण्ड सान्त्वना भएको छ । 

    images
    images
    images

    सिनियर छात्रा तर्फको ज्याभिङ्ग थ्रोमा बुद्धपव्लिक प्रथम, एशियनलाई द्धितिय, ग्रीनप्लान्ट तृतिय र मदरल्याण सान्त्वना भएको छ भने छात्र तर्फ बुद्ध पव्लिक प्रथम, ग्रीन प्लान्ट द्धितिय, एशियनलाई तृतिय र सेभेनस्टार सान्त्वना भएको छ । सवजुनियर ४ सय मिटर रिलेको छात्रामा बुद्धपव्लिक प्रथम, एशियनलाईट द्धितिय, ग्रीनप्लान्ट तृतिय, मदरल्याण सान्त्वना भएको छ भने छात्र तर्फ मदरटङ्गस प्रथम, बुद्धपव्लिक द्धितिय, एशियनलाई तृतिय र सेभेनस्टार सान्त्वना भएको छ । 

    images
    images
    images

    जुनियर ४ सय मिटर दौडको छात्रा तर्फ मदरल्याण प्रथम, एशियनलाईट द्धितिय, बुद्धपव्लिक तृतिय, सेभेनस्टार सान्त्वना भएको छ भने छात्र तर्फ एशियनलाईट प्रथम, बुद्धपव्लिक द्धितिय, सेभेनस्टार तृतिय र ग्रीनप्लान्ट सान्त्वना भएको छ । 

    images
    images

    सिनियर ४ सय मिटर दौडको छात्र तर्फ मदरटङ्गस प्रथम, ग्रीनप्लान्ट द्धितिय, एशियनलाई तृतिय, सेभेनस्टार सान्त्वना भएको छ भने छात्रा तर्फ एशियनलाईट प्रथम, ग्रीनप्लान्ट द्धितिय, बुद्धपव्लिक तृतिय र मदरटङ्गस सान्त्वना भएको छ । 

    सवजुनियर तर्फको दुई सय मिटर छात्रमा मदरटङ्गस प्रथम, एशियनलाईट द्धितिय, ग्रीनप्लान्ट तृतिय, बुद्धपव्लिक सान्त्वना भएको छ भने छात्रा तर्फ बुद्धपव्लिक प्रथम, मदरल्याण द्धितिय, एशियनलाईट तृतिय, ग्रीनप्लान्ट सान्त्वना भएको छ । सिनियर छात्र तर्फको ८ सय मिटर दौडमा एशियनलाईट प्रथम, बुद्धपव्लिक द्धितिय, ग्रीनप्लान्ट तृतिय र नारायणी पव्लिक सान्त्वना भएको छ । चौथो प्याव्सन खेल महोत्सव अन्र्तगत छात्रा, छात्र भलिवल प्रतियोगिता पनि शुरु भएको छ । पहिलो चरणको केही खेलहरु सम्पन्न भएको छ ।

    प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङले खेलाडी उत्पादनसंगै खेलकुदलाई पर्यटनसंग जोड्न र स्थानीय अर्थतन्त्र चलायमान बनाउन खेल महोत्सव गर्न लागिएको बताए । "हामीले विगत लामो समयदेखि प्याब्सन खेल महोत्सव गर्दै आएका छौं । अध्यक्ष गुरुङले भने, "खेलाडी उत्पादन गर्न लगानी चाहिन्छ र त्यो लगानी देवदहमा निजीस्तरबाट संचालित विद्यालयहरुले गरिरहेका छन् ।"
     
    महोत्सवका खेल संयोजक बोधराज गौडेलले "खेलकुद राष्ट्रको पहिचान, स्वस्थ्य र अनु‌शासन हाम्रो अभियान" भन्ने मूल नारासहित आयोजित खेल महोत्सव लक्ष्य अनुरूप संचालन भैरहेको बताए । 

    प्रतियोगितामा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा ११ वटा विद्यालयका सात हजार विद्यार्थी सहभागी हुने र २६६ जना विद्यार्थी पुरस्कृत हुने प्याब्सन देवदहका सचिव कृष्णप्रसाद गैरेले बताए ।   

    कार्यक्रमको लागि करिब दश लाख खर्च हुने जनाइएको छ ।  

    प्याब्सन देवदहले आयोजना गरेको पहिलो खेल महोत्सवमा एशियन लाइट इंलिश बोर्डिंङ विजेता भएको थियो भने दोस्रो र तेस्रो महोत्सवको विजेता भएको देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक भएको थियो ।

    चौथो खेल महोत्सवको समापन भोलि हुनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।