Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहमा चौंथो प्याब्सन खेल महोत्सव

देवदहमा चौंथो प्याब्सन खेल महोत्सव

images
  • देवदहमा चौंथो प्याब्सन खेल महोत्सव
    images

    देवदह । रुपन्देहीको देवदहमा चौंथो प्याब्सन खेल महोत्सव–२०८१ शुरु भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) देवदह नगर समितिको आयोजनामा भएको चौथो प्याव्सन खेल महोत्सवको एक कार्यक्रमका बीच प्याब्सन लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष धनराज चापागाईले उद्घाटन गरे । 

    images
    images
    images

    खेल महोत्सवउद्घाटन गर्दै बरिष्ठ उपाध्यक्ष चापागाईले खेलको विकास र खेलाडी उत्पादनमा निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए । "विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्नुपर्छ । उनले भने उत्पादीत खेलाडीको राज्यले संरक्षण गर्न आवश्यक छ ।" चापागाइले बेला बेलामा हुने यस्ता प्रतियोगिताले विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सकिनेमा जोड दिदैै मानिसलाई स्वस्थ हुनको लागि समेत खेलकुुदको विकास गर्नुपर्ने बताए । 

    images
    images
    images

    निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) देवदह नगर समितिका अध्यक्ष रामबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा अफिसियल अमृत काफ्ले लगायतले बोल्दै खेलकुदले विद्यार्थीलाई अनुशासनमा राख्न सहयोग गर्ने बताए । खेल संयोजक बोधराज गौडेलको स्वागत र सचिव कृष्णप्रसाद गैरेको सञ्चालनमा कार्यक्रम भएको हो ।  

    images
    images

    चौथो प्याव्सन खेल महोत्सव–२०८१ अन्तरगत बिहिवार विभिन्न खेलहरु सम्पन्न भएका छन् । सिनियर छात्र तर्फ भएको सटफुटमा सेभेनस्टार बोडिङ्ग स्कुल प्रथम, देवदह बुद्धपव्लिक स्कुल द्धितिय, एशियनलाईट स्कुल तृतिय भएका छन् भने छात्रा तर्फ देवदह बुद्ध पव्लिक प्रथम, देवदह मदरटङ्गस एकेडेमी द्धितिय, ग्रीनप्लान्ट स्कुल तृतिय भएको छ । 

    यसैगरी सिनियर छात्र तर्फ भएको १५ सय मिटर दौडमा एशियनलाईट प्रथम, नारायण पव्लिक द्धितियm देवदह बुद्धपव्लिक तृतिय भएको छ । सिनियर छात्रा तर्फ भएको ८ सय मिटर दौडमा एशियनलाई प्रथम, देवदह बुद्ध पव्लिक द्धितिय र सेभेनस्टार स्कुलले तृतिय स्थान हासिल गरेका छन् । 

    सिनियर छात्र तर्फ एक सय मिटर दौडमा सेभेनस्टार प्रथम, एशियनलाईट द्धितिय र ग्रीनप्लान्ट तृतिय भएका छन् भने छात्रा तर्फ बुद्ध पव्लिक प्रथम, एशियनलाईट द्धितिय, ग्रीन प्लान्ट तृतिय भएको छ । छात्र तर्फ भएको रिेले दौडमा ग्रीन प्लान्ट प्रथम, देवदह मदरटङ्गस एकेडेमी द्धितिय र बुद्धपव्लिक तृतिय भएका छन् भने छात्रा तर्फ देवदह मदरटङ्गस प्रथम, बुद्धपव्लिक द्धितिय, र सेभेनस्टारले तृतिय स्थान हासिल गरेका छन् । 

    यसैगरी एक सय मिटर रिलेको जुनियर तर्फ देवदह मदरटङ्गस प्रथम, बुद्धपव्लिक द्धितिय, नारायणी पव्लिक तृतिय भएका छन् भने छात्रा तर्फ एशियन लाईट प्रथम, मदरटङ्गस द्धितिय र सेभेनस्टारले तृतिय स्थान हासिल गरेका छन् । 

    सव जुनियर तर्फको ५० मिटर दौड छात्र तर्फ मदरटङ्गस प्रथम, बुद्धपव्लिक द्धितिय, सेभेनस्टार तृतिय भएका छन् भने छात्रा तर्फ एशियनलाईट प्रथम, बुद्धपव्लिक द्धितिय र मटरङ्गसले तृतिय स्थान हासिल गरेका छन् । एक सय मिटर रिलेको छात्र तर्फ एशियन लाईट प्रथम, ग्रीनप्लान्ट द्धितिय र बुद्धपव्लिक तृतिय भएका छन् भने छात्रा तर्फ मटरटङ्गस एकेडेमी प्रथम, बुद्धपव्लिक द्धितिय र ग्रीनप्लान्टले तृतिय स्थान हासिल गरेका छन् । 

    महोत्सव अन्र्तगत भलिवल प्रतियोगिता शुरु भएको छ । छात्रा तर्फ भएको भलिवल खेलमा सेभेनस्टारलाई हराउदै मदरल्याण्ड दोश्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी छात्र तर्फ भएको भलिवल खेलमा ग्रीनप्लान्ट विजयी भएको छ । मदरल्याणलाई हराउदै ग्रीनप्यान्ट दोश्रो चरणमा प्रवेश गरेको खेल संयोजक गौंडेलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।