Logo

२०८३, कार्तिक २७गते


images
images

व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

images
  • व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म
    images

    राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटीहरु संकलन गर्छन् र त्यसलाई बजारसम्म पुर्‍याउँछन् । सितल जडीबुटीको नामबाट उनले यो व्यवसाय गर्न थालेको लामै समय भयो ।

    images
    images
    images

    कतै मेला-महोत्सव आयोजना भयो भने उनी गुदरगानोदेखि विभिन्नखाले जडीबुटीको प्रदर्शन र बिक्री गर्छन् । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा उनी भन्दै थिए,‘यी जडीबुटीहरुले तपाईंलाई केही बेफाइदा गर्दैन । खाँदा साडइ इफेक्ट पनि हुँदैन । स्वस्थ रहन जडीबुटी खानुहोस् ।’

    images
    images
    images

    उनको स्टलमा रहेका थरिथरीका जडीबुटीप्रति अवलोकनकर्ताले विशेष चासो राखेका छन् । ‘सबैले जडीबुटी चिन्दैनन्, त्यसको उपयोगिता के हो भन्ने पनि जान्दैनन्, हामी उहाँहरुलाई महत्व बुझाउँछौँ,’उनले भने ।
    त्यसो त, नेपालको १ हजारदेखि १५ सय मिटरसम्मको उचाइमा पाइने १ हजार ९५० प्रकारका जडीबुटीहरु औषधिको रुपमा प्रयोग हुँदै आएको छ ।

    images
    images

    received_1995623977609730.jpg

    तीमध्ये १ सय ४३ लाई व्यावसायिक औषधि उत्पादनमा प्रयोग हुने गरी वर्गीकरण गरिएको छ । परम्परागत रुपले प्रयोग हुने औषधीय गुणसहितका धेरै जडीबुटीहरु हराउँदै गएका छन् । जति छन्, त्यसको पनि समुचित प्रयोग भएकै छैन । खल गरेर (पिसेर) औषधि बनाउने वैद्यहरु घट्दैछन् । परम्परा धानिरहेका आम्ची( हिमाली वैद्य) हरुले जडीबुटीको उपयोग गरिरहे पनि आधुनिक चिकित्सा विज्ञानको अगाडि हाम्रा अमूल्य सम्पत्ति र सभ्यता लोप हुँदै गएको छ ।

    पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा कृषि व्यवस्थापन उपसमिति संयोजक रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे ) का अनुसार पोखरा महानगरपालिका कृषि विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलगायतसँगको सहकार्यमा मेलामा जडीबुटी तथा कृषि उत्पादनहरुको प्रदर्शनी गरिएको हो । उनका अनुसार मेलामा कृषिसँग सम्बन्धित २५ वटाभन्दा बढी स्टल रहेका छन् ।

    तीमध्ये धेरैजसोलाई निःशुल्क रुपले प्रदर्शनी एवं बिक्रीको व्यवस्था मिलाइएको उनले बताए । पोखरा उद्योग वाणिज्य संघले शिक्षा, स्वास्थ्य,पर्यटन तथा कृषिको व्यावसायिकरणको लागि काम गर्दै आएको बताउँदै उनले भने,‘कृषकहरुलाई आफ्ना उत्पादनहरुको प्रदर्शनी,बिक्री र बजारीकरणमा सघाउनको लागि मेला उपयोगी भएको छ ।’
    पर्वत फलेबासको सामुदायिक खाद्य प्रशोधन केन्द्रबाट उत्पादित अमलाको अचार, चितवनको चेपाङ समुदायले उत्पादन गरेका च्यूरीको साबुन, चितवनको कालिका ६ को अर्जुृन व्यावसायिक मौरी फर्मको मह,स्मार्ट कृषि बहुउद्देश्यी फार्मको गुन्द्रुक र मस्यौरा,जय देउराली फर्मको किबी,हेमजामा उत्पादित तरकारीहरु,बागलुङ काठेखोलाको उत्पादन कोदोको बिस्कुट,ढोंडबेसीको खुँदो,चितवन रामनगरको मह,मनखुसी खाद्य उद्योगको सिरम्लासम्म राखिएको छ ।

    यस्तै पोखराकै अतिथि भान्साघरको उत्पादन भैंसीको सुकुटी,जुजुधौसम्मलाई मेलामा स्थान दिइएको तिमिल्सिनाको भनाइ छ ।

    त्यसो त, क्यान कास्कीसँगको सहकार्यमा आयोजित १२ औं क्यान इन्फोटेक एवं चौथो मोवाइल मेलामा सूचना प्रविधिसम्बन्धी प्रदर्शनीले पनि अवलोकनकर्ताको ध्यान खिचेको छ । मेलाअन्तर्गत मंगलबार मोवाइल एप्स डेभलपर विश्वराज पौडेल,आइटी सुरक्षा विज्ञ रुपेश आचार्य तथा यार्सा टे«डका इञ्जिनियर रोशन श्रेष्ठले विद्यार्थीहरुलाई करिअरसम्बन्धी प्रशिक्षण दिने प्रचार प्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जानकारी दिए ।  

    पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् ।

    ‘लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ ।

    यस्तै, मधेश प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।