रोल्पा । अखिल नेपाल जनसांस्कृतिक महासंघ राेल्पा जिल्ला समन्वय समितिकाे प्रथम भेला लिबाङमा सम्पन्न भएको छ । भेलाले पूर्व बहादुर वलीको अध्यक्षतामा १६ सदस्यीय समिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको सचिवमा मानसिह बिश्वकर्मा रहेका छन् भने सदस्यहरुमा शेरचन सुनार, बालिका सुनार, शर्मिला पुन, अमर सिंह बुढामगर लगायत रहेका छन् ।
भेलाको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा राेल्पा जिल्लाका इन्चार्ज राजबहादुर बुढामगरले जनयुद्धकाे बेलामा सांस्कृतिककर्मिहरुकाे याेगदान महत्त्वपूर्ण रहेको बताए ।
कार्यक्रममा जनसांस्कृतिक महासंघ केन्द्रीय अध्यक्ष भिम कुमाखी, माओवादी केन्द्रका जिल्ला अध्यक्ष रेशम पुन मगर, महासंघका केन्दिय सचिवालय सदस्य झन्कार बुढामगर, प्रदेश समिति अध्यक्ष कविराज पौडेल लगायतले जनयुद्धमा जनसांस्कृतिक योद्धाको योगदानको चर्चा गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology