Logo

२०८३, कार्तिक २७गते


images
images

अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा

अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा

images
  • अवसर पाए अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रोसँग देश चलाउँछु : गगन थापा
    फाइल फोटो
    images

    काठमाडौं । नेपाली कांग्रेसका थापाले महामन्त्री गगन कुमार थापाले संविधानका आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका छन्  ।  

    images
    images
    images

    मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा थापाले संविधानका केही विषयहरूलाई संशोधनमार्फत फेरबदल गर्न सकिने भए पनि आधारभूत विषयहरूलाई चलाउन नहुने बताएका हुन् ।

    images
    images
    images

    उनले अर्को विकल्प वा व्यवस्थाका विषयमा बहस भए अर्को दश वर्ष खेर जाने भन्दै असफलताको भारी व्यवस्थालाई बोकाउन नहुने धारणा राखे । पाँच पाँच वर्षमा हुने निर्वाचनमा दलहरू जित्ने हार्ने स्वाभाविक प्रक्रिया भएकाले यसलाई सबैले स्वीकार गर्न सक्नुपर्ने उनले बताए ।

    images
    images

    महामन्त्री थापाले एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा नभए पनि नेतृत्व बदल्ने कुरा महत्त्वपूर्ण भएको उल्लेख गरे । उनले आफूहरूले अवसर पाउने हो भने अहिलेका प्रधानमन्त्री भन्दा राम्रोसँग देश चलाउन सक्ने बताए ।  

    थापाले कांग्रेसले ८४ को चुनावलाई पर्खेर बस्ने नभई अहिलेको अवसरलाई नै सदुपयोग गरेर देश र जनताको समुन्नतिका लागि काम गर्नुपर्ने बताए  । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गगन कुमार थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।