Logo

२०८३, आश्विन ९गते


images
images

जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ

जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ

images
  • जापानमा रेल स्टेसनमा छुरा प्रहार गर्ने एक व्यक्ति पक्राउ
    प्रतीकात्मक तस्बिर
    images
    images

    टोकियो– जापानको राजधानी टोकियोको एक रेल स्टेसनमा छुरा प्रहार गरी एक जनाको हत्या गर्ने एक व्यक्तिलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    जापानको मध्य भागमा रहेको जेआर नागानो स्टेसनबाहिर बुधबार साँझ भएको आक्रमण हिंसात्मक अपराधको दुर्लभ घटना हो । आक्रमणमा एक व्यक्तिको मृत्यु भएको थियो भने अन्य दुई जना घाइते भएका थिए ।     
                                                                               
    प्रहरीले ४६ वर्षीय स्थानीय व्यक्तिलाई पक्राउ गरेकोसरकारी प्रसारक एनएचकेद्वारा प्रसारित पत्रकार सम्मेलनमा एक अधिकारीले बताए ।

    images
    images
    images

    उनलाई हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको छ भने उनीमाथि अन्य थप आरोप लाग्न सक्छ ।

    images
    images
    images

    स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणमा ४९ वर्षीय एक पुरुषको मृत्यु भएको थियो भने ३० वर्षीय एक पुरुष गम्भीर घाइते भएका थिए भने ४० वर्षीय एक महिला सामान्य घाइते भएकी थिइन् ।

    जापानी सञ्चारमाध्यमले अनुसन्धान स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘रेल स्टेसनबाहिर बस स्टपमा तीनै जनालाई लक्षित गरी आक्रमण गरिएको थियो ।’ 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।