Logo

२०८३, कार्तिक २७गते


images
images

पोखराको अमरसिंह चोकका व्यापारिक सटर तथा टहरा खाली गर्न ३५ दिने सूचना जारी

पोखराको अमरसिंह चोकका व्यापारिक सटर तथा टहरा खाली गर्न ३५ दिने सूचना जारी

images
  • पोखराको अमरसिंह चोकका व्यापारिक सटर तथा टहरा खाली गर्न ३५ दिने सूचना जारी
    images

    राजेश पराजुली, पोखरा । पोखरा अमरसिंह चोक पूर्वपट्टी पृथ्वी राजमार्ग छेउमा सञ्चालित व्यापारिक प्रयाेजनका सटर तथा टहरा हटाइने भएको छ । ती सटर तथा टहरा खाली गर्न अमरसिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिले ३५ दिने सूचना जारी गरेकाे छ । समितिको गत ३ माघमा बसेको बैठकले राजमार्ग छेउ अमरसिंह खेल मैदानको दक्षिणतिर रहेका सटर हटाउने निर्णय गरेको थियो ।

    images
    images
    images

    ती सटर हटाएर त्यहाँ नयाँ व्यापारिक संरचना बनाउने योजनामा विद्यालय छ । अमरसिंह चोकका करिब ५० वटा सटर २०४० सालपछि विभिन्न व्यक्तिले भाडामा प्रयोग गर्दै आएका छन् । ती सटर तथा टहराहरूमा कास्कीस्थित विभिन्न राजनीतिक दलका नेता तथा नेताकाे संरक्षणमा विभिन्न व्यक्तिहरूले लामाे समयदेखि काैडीकाे भाडादरमा व्यापार गर्दै आएका छन् ।

    images
    images
    images

    समितिले पटक पटक हटाउन पहल गरेपनि सकेकाे थिएन । अहिले पृथ्वी राजमार्ग स्तराेन्नतिकाे कार्यमा समेत ती सटरहरूले अवराेध गर्ने भएकाेले हटाउन पर्ने भएकाे विद्यालयले उल्लेख गरेकाे छ । निकै कम भाडा उठ्ने, व्यापारिक प्रयाेजनका लागि पक्कि संरचना निर्माण गरि व्यवस्थित ढंगले भाडामा लगाउन चाहेपनि नसकेकाे विद्यालयले यही मेसोमा अमरसिंह चोकमा रहेका ती सटर हटाउने योजना वनाएकाे हो ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।