देवदह। ढोलबजवा कृषि सहकारीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। संस्थाका अध्यक्ष रञ्जित चौधरीको अध्यक्षतामा देवदह १२ ढोलबजवामा शनिबार साधारणसभा सम्पन्न भएकाे हाे।
साधारण सभामा बोल्दै देवदह नगरपालिका वडा नं १२ का वडा अध्यक्ष डेग बहादुर सारुले सहकारीले साना किसानहरुको पुँजीलाई संकलन गरि उनीहरुको जीवनस्तर उकास्नका लागि महत्वपुर्ण भूमिका खेलिरहेको बताए । अहिलेको विषम परिस्थितिमा सहकारी संचालन गर्न त्यति सहज नभएकाले संस्थालाई दिगो र बलियो बनाउन सबै शेयर सदस्यहरुको समान जिम्मेवारी रहने बताए ।
संस्थाका अध्यक्ष रञ्जित चौधरीले सहकारी संस्थाले कृषकहरुका लागि मल, बिउबिजन जस्ता विभिन्न कृषि सामग्री हरु वितरण गर्दै आइरहेको र अबका दिनमा अझ उत्कृष्ट काम गर्दै जाने प्रतिवद्धता जनाए ।
संस्थाका लेखा संयोजक धनेश्वर कवर ले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै कृषकहरुका समस्या लाई समाधान गर्ने उद्देश्यले २०७७ सालमा स्थानिय ६६ जना जना शेयर सदस्यको सानो शेयरपुँजी बाट सुरु भएको सहकारीमा हाल ९६ जना शेयर सदस्यहरु रहेको बताए ।
कार्यक्रमका देवदह नगरपालिका वडा नं ११ का वडा अध्यक्ष दुधनाथ यादव, सिक्टहन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक दूधनाथ यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए।
संस्थाका लेखा सदस्य सन्त प्रसाद कुम्री को स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव दुधनाथ कवरले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology