Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा महानगरको १६ औँ नगरसभा विभिन्न प्रस्ताव सर्वसम्मत पारित गदै सम्पन्न

पोखरा महानगरको १६ औँ नगरसभा विभिन्न प्रस्ताव सर्वसम्मत पारित गदै सम्पन्न

images
  • पोखरा महानगरको १६ औँ नगरसभा विभिन्न प्रस्ताव सर्वसम्मत पारित गदै सम्पन्न
    images
    images

    राजेश पराजुली, पोखरा   । पोखरा महानगरसभाका अध्यक्ष धनराज आचार्यले भवन मापदण्ड देखि राजश्व अशुलीका लागि सभामा समिति गठनको प्रस्ताव गरेका थिए ।

    images
    images
    images

    भवन नियमित तथा अभिलेखिकरण कार्यविधि पहिलो संसोधन २०८१, आर्थिक ऐन संसोधन २०८१, भवन पूर्वाधार तथा निर्माण पहिलो संसोधन २०८१, भवन निर्माण भएर चार वर्ष भन्दा लामो समय भएको सन्र्दभमा प्रतिवेदन र महानगरको कार्यपालिकालाई कार्यविधि बनाउनका लागि निर्देशन दिने प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको छ ।

    images
    images
    images

    नगर सभाले बजेट रकमान्तर गर्दा २५ प्रतिशत भन्दा नबढ्ने गरी रकमान्तर गर्ने निर्णय गरेको छ । यस्तै सिशुवा अस्पतालको ओएनएम स्विकृत गरेको छ । महानगरपालिकाको राजश्व बक्यौता अशुली सम्बन्धमा नगरसभाले समिति बनाउने प्रस्ताव स्विकृत गरेको छ । महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाको संयोजकत्वमा समिति गठन गरेको हो ।

    images
    images
    images

    महानगरमा जग्गा हालसावी गर्न सम्बन्धीत निकायसंग समन्वय गरी कार्य अगाडी बढाउने प्रस्ताव नगर सभाले पारित गरेको छ । पुष २८ गते सुरु भएको नगरसभा तीनवटा बैठक पछि समापन भएको हो ।

    यस पहिले माघ ८ गते बोलाइएको बैठकमा करारका कर्मचारी हटाउने विषयमा एमालेले विरोध जनाए पछि स्थगित गरिएको थियो । नगर सभा स्थगित गरेको विषयमा महानगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले ताला समेत लगाएका थिए ।

    कर्मचारी व्यवस्थापन सम्बन्धमा विशेष नगरसभाले गरेका निर्णयलाई कार्यान्वय गर्न महानगरमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुले प्रतिवद्धता जनाए पछि आजको बैठक सूचारु भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।