Logo

२०८३, कार्तिक २७गते


images
images

तत्काल कांग्रेससँग सहकार्य हुँदैन: प्रचण्ड

तत्काल कांग्रेससँग सहकार्य हुँदैन: प्रचण्ड

images
  • तत्काल कांग्रेससँग सहकार्य हुँदैन: प्रचण्ड
    फाइल फोटो
    images

    सिमकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल नेपाली कांग्रेससँग सरकार निर्माणका लागि सहकार्य नहुने बताएका छन्।

    images
    images
    images

    बिहीबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तत्काल कांग्रेससँग सत्ता साझेदारी नगर्ने बताएका हुन्।

    images
    images
    images

    केही दिनअघि चितवन विमानस्थलमा कांग्रेस नेता शेखर कोइराला र चन्द्र भण्डारीसँग भएको संवादको स्मरण गर्दै संयोगवस् कुराकानी भएपनि सत्ता साझेदारीका विषयमा कुनै कुरा नभएको प्रचण्डले बताए।

    images
    images

    ‘कांग्रेसका सशांक र चन्द्र जीसँग चितवन विमानस्थलमा अचानाक भेट भएको हो। सरकारप्रति अहिले कुनै अभिरुचि छैन। सरकार जति जान पर्ने हो जाओस्, हामी जनतासँगै जान्छौं,’ प्रचण्डले भने। सरकारमा जाने कुनै अभिरुचि नभएको उल्लेख गर्दै प्रचण्डले सरकार सहज ढंगले नचलेको बताए।

    यो गठबन्धन भने धेरैं समय नटिक्ने उनको तर्क छ। सरकारले अध्यादेशबाट देश सञ्चालन गर्न खोजेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले समितिमा छलफल भइरहेका विधेयक अध्यादेशमार्फत ल्याएर गलत गरेको जिकिर गरे।

    संसदलाई छल्दै संवैधानिक र लोकतान्त्रिक व्यवस्थालाई मिचेर अध्यादेश ल्याइनु गलत रहेको उनको भनाइ थियो। अहिलेको सरकार भ्रष्टाचारी र आफ्ना मान्छे जोगाउने, राम्रा काम गरेका संस्थामा आक्रमण गर्ने, इमान्दारपूर्वक काम गर्ने कर्मचारी हटाउनेलगायतका काममा लागेको प्रचण्डको आरोप छ। यी सबै कामको आउने अधिवेशनमा प्रतिवाद गर्ने उनको भनाइ थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।