Logo

२०८३, आश्विन १०गते


images
images

३३औँ पोखरा औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सवको तयारी पूरा

३३औँ पोखरा औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सवको तयारी पूरा

images
  • ३३औँ पोखरा औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सवको तयारी पूरा
    images
    images

    राजेश पराजुली, पोखरा  । यहि माघ १० गते देखि सुरु हुने ३३ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला एवम् आइटी महोत्सव २०८१ को तयारी पूरा भएको छ । महोत्सवको आयोजक पोखरा उद्योग वाणिज्य संघ पोखराले आज पत्रकार भेटघाट कार्यक्रममा  मेलाको तयारी बारे जानकारी दिएको हो ।

    images
    images
    images

    मेला पोखरा महानगर वडा नम्बर ९ नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा माघ १० देखि सुरु भई माघ १७ गते सकिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो ।  सोही व्यापार मेलाको अवसरमा १२ औं  क्यान इन्फोटेक २०२५ तथा चौथो मोबाइल एक्सो २०२५ पनि सञ्चालन हुने भएको छ ।  मेलालाई भव्य बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोर्कण कार्कीको संयोजकत्वमा ५०१ सदस्यीय मुल आयोजक, कार्य सम्पादन समिति र सल्लाकार समिति तथा २७ वटा उपसमितिहरु गठन भएको छ ।

    images
    images
    images

    ‘लगानीको सम्वद्र्धन, उद्योग व्यवसायको प्रर्वद्धन’ भन्ने नारासहित आयोजना हुने मेलाले कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने आफूहरुको अपेक्षा रहेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेलाका संयोजक गोर्कण कार्कीले बताए ।

    images
    images
    images

    मेलामा सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने साँस्कृतिक कार्यक्रम एवम् खानाका स्टल राखिने आयोजकले जनाएको छ । उद्यमशिलता विकास, नवप्रवर्तनबारे जानकारी दिन, अर्थतन्त्रको वर्तमान अवस्था र आगामी बाटो एवम् पोखराको पर्यटन प्रर्वद्धन, समुन्नत पोखरा निर्माणबारे गहन छलफलका लागि हरेक दिन मेला स्थलमै विज्ञ एवम् सरोकारवालाहरुसँग टक सो पनि सञ्चालन हुने वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले जानकारी दिए ।

    यस्तै १२ औैं क्यान इनफोटेक २०२५ अन्तर्गत मेलामा मोबाइल खरिदमा ५० प्रतिशतसम्म छुटको व्यवस्था, एक्सचेञ्ज अफर, किस्तामा मोबाइल फोन खरिदको व्यवस्था, एसोसरिजहरुको बिक्री प्रबन्ध तथा हरेक दिन ५ वटा मोबाइल डोर प्राइजको रुपमा वितरणको व्यवस्था गरिएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । सूचना प्रविधि क्षेत्रमा पछिल्ले पटक आएका नूतन आविष्कार, सूचना प्रविधि उद्योगमा देखिएका नयाँ सम्भावनासहित सफ्टवेयर निर्माण एवम् यसको बजार लगायतका विषयको प्रर्दशनी रहने बताइएको छ ।

    आइटीसँग सम्बन्धित खेल र प्रतियोगिता महोत्सवको आर्कषण रहेको आयोजकको भनाई छ ।मेलामा एआइ, उन्नत सीसी टिभी सर्भिलेन्सको बारेमा जानकारी दिइने भएको छ । मेला अवलोकनको लागि प्रवेश शुल्क ५० रुपैयाँ तोकिएको छ । संघका साधारण सदस्य, जेष्ठ नागरिक, अपाङग, पोशाकमा रहेका राष्ट्रसेवाक, सुरक्षाकर्मी र विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको महासचिव शोभा गौतमले बताइन् ।

    नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश मेलाका संरक्षक हुन् भने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रर्वद्धक रहेका छन् । मेलामा क्यान कास्की, नेपाल मोबाइल वितरक संघ, गण्डकी, सिएसआइटी एसोसियसन, पोखरा औद्योगिक क्षेत्र उद्योग संघको सहकार्य रहेको छ । राष्ट्रिय औद्योगिक व्यापार मेला २०४२ सालदेखि सञ्चालन हुन थालेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।