Logo

२०८३, कार्तिक २७गते


images
images

४७ औँ  अमेरिकी राष्ट्रपतिको रुपमा  ट्रम्पले सोमवार शपथ लिँदै

४७ औँ  अमेरिकी राष्ट्रपतिको रुपमा  ट्रम्पले सोमवार शपथ लिँदै

images
  • ४७ औँ  अमेरिकी राष्ट्रपतिको रुपमा  ट्रम्पले सोमवार शपथ लिँदै
    images

    काठमाडौं । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदैछन् । दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लागेका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन् । 

    images
    images
    images

    सपथ कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा हुनेछ र त्यसपछि विशेष चियापान समारोह हुनेछ ।

    images
    images
    images

     ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि आजै शपथ लिनेछन् । औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीको ‘परेड’ र साँझमा औपचारिक ’बल डान्स’ पनि हुनेछ । सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरु वासिङ्टन पुगेका छन् ।

    images
    images


    शपथ ग्रहणकै दिन ट्रम्पले कडा आप्रवासन नीतिबारे अध्यादेश ल्याउने तयारी गरेका छन्। अध्यादेश तयार भइसकेको र राष्ट्रपति पदको शपथग्रहणसँगै कार्यान्वयनमा जाने अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ। आप्रवासन नीतिले अमेरिकामा रहेका आप्रवासी र अमेरिकी मेक्सिको सीमामा शरण खोजिरहेका आप्रवासीलाई ठूलो प्रभाव पार्नेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।