अर्घाखाँची । प्रेस सेन्टर नेपाल अर्घाखाचीको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार सहिद स्मृति भवन सन्धिखर्कमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनले ऋषिराम भुसालको अध्यक्षतामा १७ सदस्यीय समिति निर्बाचित गरेको हो ।
जसको उपाध्यक्ष लक्ष्मण खड्का र सीता जिसि, सचिब वसन्त बिक, सहसचिब सुर्य नेपाली र कोषाध्यक्षमा अबिना सारुलगायत कार्य समितिमा निर्बाचित गरेको निर्बाचन मण्डलका संयोजक अशोक कुमार खनालले जानकारी दिए ।
अधिबेशनमा बोल्दै नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा पुर्ब राष्ट्रियसभा सदस्य चन्द्र बहादुर खड्काले कृष्णसेन "इच्छुक" ले देखाएको बाटोमा प्रेस सेन्टर हिड्नुपर्ने बताए ।
अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज ठाकुर कुमार बिक सइन्चार्ज छमकुमारी खनाल, जिल्ला संयोजक राजेन्द्र भुसाल कृष्ण सारु, प्रेस सेन्टर केन्द्रिय सदस्य अशोक कुमार खनाल, श्रृजना भुसाल लगायतले जनपक्षीय पत्रारिता कमजोर भएकाले यसको पक्षमा लाग्न जोड दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology