Logo

२०८३, श्रावण २७गते


images
images

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु

images
  • जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एक वृद्धको मृत्यु
    images
    images

    सुनसरी । जङ्गली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका– ८ का ७१ वर्षीय हरि प्रसाद घिमिरेको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

    images
    images
    images

    छावा (बच्चा)सहित आएको जङ्गली हात्तीले गएराती घिमिरेलाई आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार जङ्गली हात्ती आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको हो ।

    images
    images
    images

    घिमिरेको शव पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    विगत एक महिनादेखि मोरङको उत्तरी भेगको जङ्गल र बस्तीमा जङ्गली हात्तीले उपद्रो मच्चाउँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जङ्गली हात्ती
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।