देवदह । शिवालय सामुदायिक वन उपभोक्ता समुह देवदहको २२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहीबार शिवालय सामुदायिक वनको कार्यालय देवदह ६ शिवालय टोलमा कार्यक्रम वन संरक्षण सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामचन्द्र पाध्य ले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्दै वडा नं ५,६ र ७ गरी तीन वटा वडाका उपभोक्ताहरुले लाभ लिँदै आएका यस वन क्षेत्रको संरक्षण र सम्बर्द्धनमा सम्पूर्ण उपभोक्ताहरूको अतुलनिय योगदान रहेको बताए।
कार्यक्रममा बोल्दै प्रमुख अथिति लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले सामुदायिक वन समुदायसंग प्रत्यक्ष जोडिएको एउटा संस्था भएकाले यस संस्थालाई संचालन गर्न नेतृत्व पंतिले विशेष ध्यान दिएर कार्य गर्नुपर्ने बताएका छन् ।
त्यस्तै उनले सामुदायिक वनबाट दिनुपर्ने सेवाहरु समूहको विधान र निति-नियममा टेकेर उपभोक्ताको माग अनुसार सेवा प्रदान गर्न समितिलाई आग्रह समेत गरे । समूहलाई आफूले दिनुपर्ने सहयोग आफ्नो कार्यकालमा तथा मन्त्री पदमा नहुँदा पनि आफूले निरन्तररुपमा कन्जुस्याइँ नगरी सहयोग पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे।
फरक प्रसङ्गमा बोल्दै मन्त्री कलवारले सरकारले एक द्वार प्रणाली बाट कर लिने विधि विधान बनाउपर्ने बताए। र आफूले पनि सरकारमा एक द्वार प्रणाली बाट कर लिने विधान बनाउनु पर्नेमा माग गरेको बताएका छन्। 'वनमा काठ बिक्री नभएर कुहिएर गएको अवस्था छ। एकतिर हामीले बाहिरबाट काठ मगाउछौ, हाम्रो काठ बिक्री भएको छैन। यसमा हामी नै दोषी हौ उनले भने' यसका लागि आम उपभोक्ता हरुले स्टिल, फलाम भन्दा आफ्नै वन जंगलको काठ प्रयोग गर्न आग्रह गरे।
यस शिवालय वनलाई तारबार, वृक्षरोपण, तटबन्धन जस्ता विभिन्न समस्या को समाधानका लागि सक्दो मन्त्रालयबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
सोही अवसरमा लुम्बिनी प्रदेश सांसद सदस्य निर्मला चौधरी, प्रदेश सदस्य जानकी न्यौपाने, सव डिभिजन वन कार्यालय शितलनगरका प्रमुख रविन्द्रनाथ चौधरी, गाउँ वन समन्वय सञ्जाल रुपन्देहीका अध्यक्ष खेमनारायण अधिकारी, वडा नं ९ का वडा अध्यक्ष मोहन वहादुर जिसी, देवदह नगरपालिकाका नी वर्तमान मेयर हिरा बहादुर खत्री, शिवालय टोल विकास संस्थाका अध्यक्ष गणेश प्रसाद बस्याल, देवदह आदर्श बहुमुखी क्याम्पसका प्र. अ वासुदेव रिमाल, शिवालय सामुदायिक वन का पूर्व अध्यक्ष दामोदर क्षेत्री लगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका रामचन्द्र पाध्यको अध्यक्षता, उपाध्यक्ष
संगिता बि.क को स्वागत र सचिव बटुली कुमारी रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology