Logo

२०८३, कार्तिक २७गते


images
images

बुटवलमा मगर भाषा तालिम

बुटवलमा मगर भाषा तालिम

images
  • बुटवलमा मगर भाषा तालिम
    images

    बुटवल । नेपाल मगर संघ बुटवल उपमहानगर वडा नं ७ समितिले आयोजना गरेको मगर भाषा ढुट प्रशिक्षण तालिम समापन भएको छ । 

    images
    images
    images

    १५ दिनसम्म सञ्चालन गरिएको तालिम बुधबार समापन गरिएको नेपाल मगर संघ बुटवल उपमहानगर वडा नं ७ इकाइ समितिका अध्यक्ष सूर्य बहादुर गाहा मगरले जानकारी दिए ।

    images
    images
    images

     तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगर वडा नं ७ का वडा अध्यक्ष पदमराज गाहामगरले मगर भाषा लगायत जुनसुकै भाषा संरक्षणका लागि उक्त भाषा मानवीय जीवनसंग जोडिएको हुनुपर्ने बताए । दैनिक जीवनमा भाषालाई प्रयोगमा ल्याउन आवश्यक रहेको उहाँको भनाई थियो । 

    images
    images

     सो अवसरमा नेपाल मगर बौद्ध सेवा समितिका प्रशिक्षण विभाग प्रमूख पूूर्ण बहादुर तरामीमगर, नेपाल मगर संघ बुटवल उपमहानगर समितिका अध्यक्ष बसन्ती साठिघरे मगर, पत्रकार सनु थापामगर लगायतले बोलेका थिए । ७१ जना प्रशिक्षार्थीहरु सहभागी रहेको कार्यक्रममा प्रशिक्षणमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो । संघका वरिष्ठ उपाध्यक्ष लक्ष्मी पुनमगरको स्वागत तथा सचिव अनन्त बहादुर गाहामगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

     यस्तै नेपाल मगर संघ बुटवल उपमहानगर समितिले माघे सक्रान्ति पर्वको अवसरमा बुटवलमा बुधबार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरुले हरेक समुदायको स्थानीय चाड र पर्वलाई राष्ट्रियकरण गर्न आवश्यक रहेको बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।