Logo

२०८३, आश्विन १०गते


images
images

देवदह ईङ्गलिस बोर्डिङ हाई स्कूलमा खेल सप्ताह

देवदह ईङ्गलिस बोर्डिङ हाई स्कूलमा खेल सप्ताह

images
  • देवदह ईङ्गलिस बोर्डिङ हाई स्कूलमा खेल सप्ताह
    images
    images

    देवदह । देवदह ईङलिस बोर्डिङ हाई स्कूलमा  खेल सप्ताह अन्र्तगत पहिलो दिन बिहिवार जुनियर तर्फ विभिन्न प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

    images
    images
    images

    खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभा छनोट गर्नकालागि आयोजीत खेलकुद सप्ताहका क्रममा पुर्व प्राथमिक तहमा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता आयोजना गरिएको छ ।

    images
    images
    images

    जसअन्र्तगत कक्षा प्ले ग्रुपमा अध्ययनरत विद्यार्थीहरुबिच फ्रुट्स कलेक्सन प्रतियोगितामा भएको छ । जसमा सामनि आले, आद्धती उपाध्याय र लिजोन ठाडा मगर क्रमश प्रथम, द्वितीय र तृतीय भए ।

    images
    images
    images

    यस्तै कछुवा दौड प्रतियोगितामा कक्षा नर्सरी बाट सुर्दशन राना, साथविक श्रेष्ठ र शिरिस खौसिया क्रमशः प्रथम द्वितीय र तृतिय हुन सफल भए ।

    त्यसैगरि म्युजिक चियर रेशमा कक्षा एलकेजीबाट प्रसिद्ध काफ्ले, जियन प्रत्येल र प्रियन्सी लम्साल प्रथम, द्वितीय र तृतीय भए ।

    बल व्यालेन्स रेशमा कक्षा युकेजीका विद्यार्थी राजेश सुनार, सोनिया सुनार र हिमान्शु् वि.क. प्रथम द्धितीय र तृतीय भए । 

    तहगत अतिरिक्त क्रियाकलाप संयोजक सोनिया खनालको सञ्चालन तथा कृष्ण उचै र कक्षागत शिक्षकहरुको सहजीकरणमा कार्यक्रम सम्पन्न भएकोे हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।