Logo

२०८३, कार्तिक २७गते


images
images

डस्टबिनभित्र नवजात शिशुको शव

डस्टबिनभित्र नवजात शिशुको शव

images
  • डस्टबिनभित्र नवजात शिशुको शव
    images

    काठमाडौं । प्युठानमा डस्टबिनभित्र रहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ।

    images
    images
    images


    जिल्लाको सरुमारानी गाउँपालिका- २ दर्भानमा बिहीवार बिहान डस्टबिनभित्र बेवारिसे अवस्थामा नवजात शिशुको शव फेला परेको ह‍ो।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार सालनालसमेत नकाटिएको अवस्थामा उक्त शिशुको शव फेला परेको हो ।  फोहोर संकलन गर्न राखिएको डस्टबिनमा स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    images
    images

    खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

    यसअघि पनि प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नवजात शिशुको फेला परेको थियो।

    होटेल आयुष्मा नजिकै जस्ताको छाप्रोमा २०८० साल माघ महिनामै सालनालसहित कपडाले छोपेर झोलुंगोमा राखेको अवस्थामा शिशु फेला परेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नवजात शिशुको शव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।