काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोली ऐतिहासिक विश्वकपमा सहभागी हुनका लागि मलेसिया पुगिसकेको छ । जनवरी १८ देखि फेब्रुअरी २ सम्म हुने यू-१९ महिला टी-२० विश्वकपमा १६ टिमको सहभागिता रहेको छ ।
चार समूहमा विभाजन गरि १६ टिम सहभागी हुने विश्वकपमा नेपाल समूह डी मा रहेको छ । जसमा अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले जनवरी १८ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ । यस्तै जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ ।
विश्वकप खेल्नका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली मलेसिया पुगेको छ । टोलीको उपकप्तानमा सोनी पाख्रिन छन् भने प्रशिक्षकमा महेश प्रसाद रिजाल रहेका छन् ।
महिला क्रिकेट इतिहासमै पहिलोपटक विश्वकप खेल्न लागेको नेपालको टोलीमा भएका १५ खेलाडीहरू :
पुजा महतो, कप्तान, अलराउण्डर
सोनी पाख्रिन, उपकप्तान, ब्याटर
सना प्रवीण, ओपनिङ ब्याटर
साबित्री धामी, ब्याटर
किरण कुमारी कुँवर, ब्याटर
अनु कडायत, बलर
कुसुम गोदार, बलर
सिमाना केसी, अलराउण्डर
कृष्मा गुरुङ, बलर
अलिशा कुमारी यादव, विकेटकिपर ब्याटर
रिया शर्मा, बलर
रचना कुमारी चौधरी, बलर
ज्योत्सनिका मरासिनी, ब्याटर
तृष्णा विक, अलराउण्डर
स्नेहा महरा, बलर
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology