Logo

२०८३, कार्तिक २७गते


images
images

कटारीको त्रिवेणीधाममा २० दिने मैनी मेला सुरु

कटारीको त्रिवेणीधाममा २० दिने मैनी मेला सुरु

images
  • कटारीको त्रिवेणीधाममा २० दिने मैनी मेला सुरु
    images

    काठमाडौं । कटारी नगरपालिका–२ खोक्सामा १५ दिनसम्म चल्ने त्रिवेणी मेला आजबाट शुरु भएको छ । वर्षेनी माघ १ गतेबाट सुरु भएर १५ दिनसम्म लाग्ने मेला यसवर्ष भने २० गतेसम्म लाग्ने कटारी नगरपालिकाले जनाएको छ ।

    images
    images
    images

    कमला, तावा र ककरु नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेला त्रिवेणी मेलाको रूपमा परिचित छ । तीन नदीको संगमस्थलमा मकर स्नान गरी भाकल गरे शरीरमा रहेको चर्मरोग निको हुने, पशुपक्षी बलिदिई पूजा आराधना गर्नाले चिताएको कुरा पूरा हुने जनविश्वास रहेको कटारी नगरपालिका-२ का वडा अध्यक्ष प्रेम बहादुर थापाले उल्लेख गरे । 

    images
    images
    images

    यस मेलामा कोशी, मधेश, बाग्मती प्रदेशको अलावा भारत बाट समेत तिर्थालू आउने गरेको अध्यक्ष थापा बताउँछन् ।

    images
    images

    माघे सङ्क्रान्तिमा मात्र नभएर माघ महिना भरनै देशभरिका भक्तजन त्रिवेणी मेला आउने गरेको कटारी नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए।

    सडक सञ्जाल जोडिनु पूर्व पहाडी जिल्ला ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुका स्थानीयवासीले यो मेलाबाट आवश्यक लत्ता, कपडा, नुन, तेल, मरमसला खरिद गर्नुका साथै पहाडका भोटे कुकुर ,कृषि उत्पादन मेलाको आकर्षण हुने गरेको कटारी नगरपालिका उप प्रमुख गीता खड्काको भनाई छ ।

    मेला उदयपुरको कटारी नगरपालिका र सिन्धुलीको दुधौली नगरपालिकाको सिमानामा लाग्दै आएको छ । मैनि मेलाले परिचित यस मेला नेपालकै पुरानो र लामो समय सम्म लाग्ने मेला मध्यमा त्रिवेणी मेला पर्ने गरेको नगर प्रमुख श्रेष्ठले बताए । यस्तै,मेलामा सिन्धुलीको जुनार, ओखलढुङ्गाको राढी पाखी र स्थानीय उत्पादनको किनबेच हुने गर्दछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # त्रिवेणीधाम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।