देवदह । देवदहमा जारी तेस्रो संगम कप भलिबल प्रतियोगिताको उपाधी
कालीगण्डकी-२ स्याङ्जाले हात पारेको छ। सोमवार देवदह-३ सेमरहानामा भएको फाइनल खेलमा तिलोत्तमा-४ रुपन्देहीलाई २५,१५ र २५,१९ को सोझो सेटमा पराजित गर्दै कालीगण्डकी स्याङ्जाले उपाधी हात पारेको हो ।
उपाधी जितेसङ्गै कालीगण्डकी स्याङ्जाले नगद ५५ हजार पाँच सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै उपबिजेतामा सिमित भएको तिलोत्तमा-४ ले ४४ हजर चार सय ४४ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजल मिलन थापाले जानकारी दिए ।
प्रतियोगितामा तेस्रो भएको तिलोत्तमा- ८ ले नगद २२ हजार दुइ सय २२ रुपैयाँ प्राप्त गरेको छ ।
प्रतियोगितामा विजेता टिमलाई देवदह नगरपालिकाका नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङ, वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्याल तथा जनप्रतिनिधिहरुको उपस्थितिमा पुरस्कार वितरण गरिएको छ ।
समापन समारोह संस्थाका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता, चाहाना आमा समूहका अध्यक्ष युवा कुमारी कामुको स्वागत र सचिव प्रीतम कुमार थापा मगरको संचालनमा सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology