Logo

२०८३, आश्विन ९गते


images
images

ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु

ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु

images
  • ब्राजिलमा पहिरोमा परी १० जनाको मृत्यु
    images
    images

    एजेन्सी । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा मुसलधारे वर्षाका कारण गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको मिनास गेरैस राज्यको उद्धार निकायले आइतबार जनाएको छ ।

    images
    images
    images

    शनिबार राति इपाटिङ्गा शहरमा एक घण्टाभित्रै करिब ८० मिलिमिटर वर्षा भएको थियो जसका कारण उक्त क्षेत्रमा पहिरो गएको थियो । पहिरोले घरहरू भत्काएको र भग्नावशेषमुनि फेला परेका आठ वर्षीय बालकसहित हालसम्म नौ जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    उद्धार टोलीले नजिकैको सान्ताना डो पाराइसो शहरमा अर्को मृत शरीर फेला परेको बताएको छ । आइतबार साँझसम्म पहिरोमा परी एक जना बेपत्ता भएका र चार जनाको उद्धार गरिएको छ ।

    images
    images
    images

    मिनास गेरैस राज्यका गभर्नर रोमेउ जेमाले सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै पहिरोमा परिवारका सदस्य र आफन्त गुमाएका व्यक्तिहरूको दुःखमा सरकार रहने भन्दै समवेदना प्रकट गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ब्राजिलमा पहिरो
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।