Logo

२०८३, कार्तिक २७गते


images
images

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको  अध्यक्षमा राजाराम शाही सर्वसम्मत

अन्तर्राष्ट्रिय नेपाली समाज कतारको  अध्यक्षमा राजाराम शाही सर्वसम्मत

images
  • अन्तर्राष्ट्रिय नेपाली समाज कतारको  अध्यक्षमा राजाराम शाही सर्वसम्मत
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज कतारको  चौथो अधिवेशन नेपाल समाजवादी पार्टीका संघिय  परिषद सदस्य बुधवल गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न  भएको छ । 

    images
    images
    images

    डा बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीको कतार स्थिति भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको चौथो अधिवेशनबाट गोरखा सतिपिपल घर भइ हाल कतारमा व्यावसाय गर्दै आएका  राजाराम शाही  आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित  भएका हुन् । 

    images
    images
    images

    अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ध्रुब क्षेत्री,  उपाध्यक्षमा रामजी सुवेदी, पुष्पराज भण्डारी, सरोज कुमार महतो, रामचन्द्र गिरी  चयन भएका छन् । त्यस्तै महिला उपाध्यक्षमा ललिता बोहरा, महासचिवमा नवीन निरौला, सचिबमा नर बहादुर गुरुङ,रुद्र बहादुर कटुवाल लोकेन्द्र बहादुर कार्की कोषाध्यक्षमा खड्ग बहादुर बुढा र सह- कोषाध्यक्षमा प्रेम कुमार गुरुङ लाई पदाधिकारीमा निर्बाचित गरेको हो ।  

    images
    images

    संगठनले कार्यसमिति सदस्यहरुमा  बिष्णुहरि मरिहट्टा, कृष्ण प्रसाद देबकोटा, बिष्णु बि.क लगायत एघार जनालाई राष्ट्रिय सदस्यमा चयन गरेको छ ।
    दोहोको वेलफेयर रेष्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनमा भट्टराई समर्थक, आस्थावान लगायत कतारमा स्थापित विभिन्न बैचारिक सगंठन, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।