Logo

२०८३, आश्विन ११गते


images
images

देवदहमा माघे सङ्क्रान्तिको संस्कृति संरक्षणमा चुनौतीबारे अन्तरक्रिया

देवदहमा माघे सङ्क्रान्तिको संस्कृति संरक्षणमा चुनौतीबारे अन्तरक्रिया

images
  • देवदहमा माघे सङ्क्रान्तिको संस्कृति संरक्षणमा चुनौतीबारे अन्तरक्रिया
    images
    images

    देवदह। रूपन्देहीको देवदहमा "माघे सकरातीको महत्त्व र संस्कृति संरक्षणमा चुनौती विषयक अन्तरक्रिया सम्पन्न भएको छ । लुम्बिनी पाना मिडियाको आयोजनामा देवदह-५ स्थित बौद्ध बिहारमा "माघे  सकरातीको महत्त्व र संस्कृति संरक्षणमा चुनौती" विषयमा अन्तरक्रिया गरिएको हो।

    images
    images
    images

    कार्यक्रममा नेपाल मगर संघका केन्द्रिय सह अध्यक्ष दल बहादुर विरकट्टाले नेपाल भौगोलिक,  जातीय र सांस्कृतिक विविधता रहेको मुलुक भएको बताए  । उनले माघे सक्रान्ती पर्वलाई भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन रहेको बताए  । माघ १ लाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन भने मगर समुदायले पनि माघ्या सकरातीको रुपमा विशेष महत्त्वका साथ मनाउने र माघे सकरातीका दिन विशेष गरी वनतरुल, सखरखण्ड (सुठुनी), खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिने भएकोले अब नेपालमा मानिने यस्ता खालका सांस्कृतिक पर्वहरूको विशेष महत्त्व रहेको बताए ।

    images
    images
    images

    त्यस्तै लेखक तथा पत्रकार यम रानाले सांस्कृतिक पर्वहरूलाई अब पर्यटन सङ्ग जोडेर लैजानुपर्ने बताए । उनले माघे सकराती पर्व लगायत अन्य पर्वहरूलाई पर्यटनसङ्ग जोडेर आर्थिक समृद्धि हासिल गर्न लाग्नुपर्ने  बताए । राजनीतिको कारण भाषा लोभ भएकोले भाषा, संस्कृति र संस्कारलाई जगेर्ना गर्न सबै जागरुक भएर लाग्नुपर्ने उनको भनाई थियो।

    images
    images
    images

    आयोजक संस्था लुम्बिनी पाना मिडियाका प्रबन्ध सम्पादक निर्मल एसपी मगरले मगर, थारू लगायत नेपाली जातजातिले मनाउने पर्व माघे सकराती पर्व लगायत अन्य पर्वहरूलाई संरक्षण गर्दै संस्कार, संस्कृतिको पहिचान र  संरक्षण गर्ने दायित्वबोध गराउन कार्यक्रमको आयोजना गरिएको बताए । 

    कार्यक्रममा मगर सङ्घका जिल्ला सल्लाहकार टेक बहादुर राना, बेद बहादुर थापा, नेपाल मगर सङ्घका देवदह नगर अध्यक्ष मन बहादुर राना, सेतोमसी मिडियाका सह सम्पादक रेशम अधिकारी, बिश्नु बराल, किशन बहादुर थापा लगायतले माघे सकरातीको महत्त्वको विषयमा जिज्ञासा राखेका थिए ।

    कार्यक्रम संस्थाका सल्लाहकार झमन थापा मगरको अध्यक्षता, सम्पादक लाल बहादुर थापाको स्वागत र शिवि सुनारी मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।