Logo

२०८३, आश्विन ११गते


images
images

देवदहमा भव्य कार्यक्रमसहित माघे सङ्क्रान्ति पर्व मनाइने

देवदहमा भव्य कार्यक्रमसहित माघे सङ्क्रान्ति पर्व मनाइने

images
  • देवदहमा भव्य कार्यक्रमसहित माघे सङ्क्रान्ति पर्व मनाइने
    images
    images

    देवदह l नेपाल मगर सङ्घ देवदह नगर समितिले देवदहको पानबारी खेल मैदानमा विशेष कार्यक्रम आयोजना गरि माघे सङ्क्रान्ति मनाउने भएको छ ।

    images
    images
    images

    नगर समितिले आइतवार पत्रकारहरु माझ माघ १ गते खेल मैदानमा माघे सङ्क्रान्ति २०८१ को आयोजना गर्ने जानकारी दिएको हो ।

    images
    images
    images

    कार्यक्रमको उद्‌घाटन लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू मगरले गर्ने नेपाल मगर सङ्घ देवदह नगर समितिका अध्यक्ष मन बहादुर रानाले बताए । मगरका अनुसार कार्यक्रममा राष्ट्रिय कलाकार राजु गुरुङ र ऋतु थापाको प्रस्तुति, मगरहरूको मौलिक सांस्कृतिक प्रदर्शनी,  मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक छेलो हान्ने खेललगायत कार्यक्रम रहनेछ । कार्यक्रममा मगर समुदायका अन्य सङ्घसंस्थाहरूको पनि प्रतिनिधित्व रहनेछ ।

    images
    images
    images

    मगर समुदायको मौलिक संस्कृति र मौलिक खेलको संरक्षणका लागि प्रत्यक वर्ष जस्तै अहिले पनि  माघे सङ्क्रान्ति कार्यक्रमको आयोजना गरिएको सङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।