देवदह । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले सबै जाति र समुदायको साझा पार्टी कांग्रेस भएको बताएका छन् । उनले सबै जाति र समुदायलाई मिलाएर हिँड्ने पार्टी नेपाली काँग्रेस भएको बताए । नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासङ्घ देवदह नगर समितिको अधिवेशनलाई शनिवार सम्बोधन गर्दै उनले त्यसैले काँग्रेस सदावहार पार्टी भएको उल्लेख गरे ।
‘नेपाली काँग्रेस पार्टी सबैको पार्टी हो । ‘सबै धर्म, जाति, जनजाति, अल्पङ्ख्यक, मुस्लिमहरूको यो साझा पार्टी भएकोले सबै यसमा अटाउँछन् ।’ रज्जाकले भने, ‘त्यसैले यो लोकतान्त्रिक पार्टी हो ।’
सोही कार्यक्रममा नेपाली काँग्रेस रूपन्देहीका सभापति एवम् तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले नेपाली काँग्रेस पार्टीमा आन्तरिक प्रतिस्पर्धामा प्रतिद्वन्दी हुनेहरूलाई पनि उचित स्थान दिने गरेको बताए ।
नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष नरबहादुर थापाले नेपाली काँग्रेसले आदिवासी जनजातिको मुद्दामा हरेक समयमा साथ दिइरहेको उल्लेख गरे ।
नगर अधिवेशनले मिलन मास्की रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा भरत गुरुङ्ग, महिला उपाध्यक्षमा झम कुमारी थापा, सचिवमा चोलीमाया राना र सन्तोष कुमार चौधरी तथा सहसचिवमा दुर्ग बहादुर राना र भीम कुमारी श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा चिरञ्जीवी राना, यू बहादुर गुरुङ्ग, विष्णु रुचाल, तोयनाथ कुँवर र सन्त बहादुर तामाङ्ग रहेका छन् ।
तदर्थ समितिका संयोजक मिलन मास्की रानाको अध्यक्षता, जिल्ला उपाध्यक्ष मीना श्रेष्ठको स्वागत र चोलीमाया रानाको सञ्चालनमा भएको कार्यक्रममा नेपाली काँग्रेस महाअधिवेसन प्रतिनिधिहरु पार्वती न्यौपाने, सरीता चौधरी, काँग्रेस जिल्ला सहसचिव बासुदेव रिमाल, क्षेत्रीय सभापति हिरा बहादुर खत्री, पूर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, दामोदर क्षेत्री, नगर सभापति गुणाखर भुर्तेल लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology