Logo

२०८३, कार्तिक २७गते


images
images

मानव सेवा आश्रममा नेशनल प्याब्सनको भोजन

मानव सेवा आश्रममा नेशनल प्याब्सनको भोजन

images
  • मानव सेवा आश्रममा नेशनल प्याब्सनको भोजन
    images

    बुटवल। नेशनल प्याब्सनले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा भोजन ग्रहण गराएको छ। आफ्नो स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बुटवलमा रहेका सहयोगपेक्षी महानुभावहरूलाई भोजन सेवा गराएको नेशनल प्याब्सन रूपन्देहीका जिल्ला अध्यक्ष तिलव के सीले जानकारी दिए ।

    images
    images
    images

    नेशनल प्याब्सन रूपन्देहीले २७ औं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम बुटवलमा रहेका ५० जना सहयोगापेक्षी महानुभावहरूलाई एक छाक खाना खुवाएर सम्पन्न गरिएको हो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेशनल प्याब्सनका सचिव कृष्ण प्रसाद पौडेलले देशभरिका एनप्याब्सनिष्ट हरु आज केहि न केहि कार्यक्रम गरेर संस्थाको स्थापना दिवस मनाइरहेको कुरा राख्दै सबै सङ्घ संस्थाले मानव सेवा हुने खालका कार्यहरू गर्दै गएमा सबै मानवमा परोपकारी भावना बढ्दै जाने र सिङ्गो समाज नै संस्कारयुक्त र परोपकारी भावनाले भरिपूर्ण हुने कुरा व्यक्त गरे।

    images
    images

    कार्यक्रममा नेशनल प्याब्सन केन्द्रिय समिति सदस्य देउ प्रकाश राई, विष्णु प्रसाद पौडेल, पूर्व जिल्ला अध्यक्ष बिल प्रसाद गुरुङ लगायतको उपस्थिति रहेको कार्यक्रम को संचालन सौगात भट्टराईले गरेका थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।