देवदह । प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री छबिलाल विश्वकर्माले शुद्ध पिउने पानी मानव जीवनको लागि पहिलो आवश्यकता रहेको बताएका छन् । मायादेवी खानेपानी उपभोक्ता तथा सरफाइ संस्था देवदह रुपन्देहीको प्रथम साधारण सभा उद्घाटनको अवसरमा उनमानव जीवनको लागि शुद्ध पिउने पानी पहिलो आवश्यकता : पूर्व मन्त्री विशवकर्मा ले शुद्ध पिउने पानी मानव जिवनको लागि निकै आवश्यक हुने बताए ।
‘उपभोक्ता समितिको सक्रियाताका कारण देशैभर खानेपानी वितरण प्रणालीमा व्यापक सुधार आएको छ ।’ उनले भने, ‘देवदहका खानेपानी संस्थालाई पनि यसको श्रेय जान्छ । त्यसैले शुद्ध पिउने पानीको उपलब्धताका लागी मैले पहिले देखिनै वजेट व्यवस्थापनमा सहयोग गर्दै आएको छु र आगमी दिनमा पनि गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’
उनले खानेपानी लाई प्राविधिक रुपमा शुद्ध बनाउन पालिकाले ल्याब टेस्ट गर्ने गरेको बताउँदै जनतालाई पानीमा केही आशंका लागे पालिकामा टेस्ट गर्न अनुरोध गरे । फरक प्रशंगमा बोल्दै पूर्वमन्त्री विश्वकर्माले देवदहको शान्ति सुरक्षा सुदृढ बनाउन आफू सधै अग्रसर रहेको बताए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले संघीय सरकारले एक घर एक धाराको अभियान अघि सारेको उल्लेख गर्दै देवदहले उक्त योजना सफल पार्न आवश्यक बजेट बिनियोजन गर्ने बताए ।
’देवदहमा खानेपानि संस्था धेरै रहेका छन्, छुट्टाछुट्टै टुक्रे बजेटले काम गर्न समस्या भएको मैले महशुस गरेको छु ।’ उनले भने, ‘सम्पूर्ण खानेपनी संस्थालाई मर्ज गरि एकत्रित बजेटबाट काम गर्न सके देवदहमा रहेको खानेपानी समस्या समाधान हुन्थ्यो ।
नगर प्रमुख खरेलले पाल्पाको झहरे खोलाको पानी माथागढी हुँदै देवदहसम्म ल्याउन पहल भैरहेको जानकारी गराए । उक्त पानी देवदह आएपछि देवदहको खानेपानी समस्या हल हुने समेत उनले उल्लेख गरे ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य निर्मला चौधरी, वडा नं ४ का अध्यक्ष दमननाथ रेग्मी, देवदह खानेपानी संस्थाका अध्यक्ष गुमन सिंह कुवर, केरवानी साना किसान सहकारी संस्थाका अध्यक्ष विवेक पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष चक्रपाणि तिवारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनमा खानेपानीको वितरण र त्यसको सम्पूर्ण कारोवारलाई चुस्त बनाउन वाटरमार्क सफ्टवेयर सञ्चालनमा ल्याउन लागिएको बताए । खानेपानी वितरणमा सहजता ल्याउनका लागि पाईप नपुगेको ठाउँमा पाईप लाईन विस्तार गरिनेछ । उनले भने त्यसको लागि खानेपानी डिभिजन कार्यालयमा समेत पहल गरिएको छ ।
कोषाध्यक्ष शान्ता भट्टराईले ३२ लाख २४ हजार रुपैंया बराबरको आय व्यय विवरण प्रस्तुत गरेको उक्त कार्यक्रममा संस्थाले निर्माण गरेको कर्मचारी नियमावली पारित भएको थियो ।
वडा नं ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालको स्वागत र संस्थाका सचिव तिलक खत्रीको संचालनमा कार्यकम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology