Logo

२०८३, कार्तिक २७गते


images
images

सिमेन्ट भनेकै सर्वोत्तम हो भन्ने अवस्थामा पुग्दैछौं : अध्यक्ष न्यौपाने

सिमेन्ट भनेकै सर्वोत्तम हो भन्ने अवस्थामा पुग्दैछौं : अध्यक्ष न्यौपाने

images
  • सिमेन्ट भनेकै सर्वोत्तम हो भन्ने अवस्थामा पुग्दैछौं : अध्यक्ष न्यौपाने
    images

    बुटवल । सर्वोत्तम सिमेन्टले देशमै सबैभन्दा धेरै सिमेन्ट उत्पादन र बिक्री गर्ने उद्योगको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । नेपालका विभिन्न ४ स्थानबाट सिमेन्ट उत्पादन गरिरहेको उद्योगले चालु आर्थिक बर्षमा सो लक्ष्य पुरा गर्नेगरि काम गरिरहेको जनाएको हो ।

    images
    images
    images

    शुक्रवार रुपन्देहीको भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा आयोजित छैठौं वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले चालु आर्थिक वर्षमा अढाई करोड बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य प्रस्तुत गरे । 

    images
    images
    images

    ‘नवलपरासीको बनकट्टीमा रहेको मुख्य उद्योग लगाएत झापाको भद्रपुरमा सर्वोत्तम ईष्ट, पर्सामा शुभश्री जगदम्बा तथा रुपन्देहीको भैरहवामा जगदम्बा सिमेन्ट प्रालिबाट गरि यो वर्ष अढाई करोड बोरा सिमेन्ट उत्पादन गर्दैछौं ।’ अध्यक्ष न्यौपानेले भने, ‘अघिल्लो वर्ष ४९ जिल्लामा हाम्रो कारोबार थियो । चालु आर्थिक वर्षमा थप ७ वटा जिल्लामा हामी पुगेका छौं । न्यौपानेले सिमेन्ट भनेकै सर्वोत्तम हो भन्ने उपभोक्तालाई लाग्नेगरि काम गर्न सम्पूर्ण टिम र कर्मचारीलाई निर्देशन दिए ।

    images
    images

    आर्थिक वर्ष २०७९÷०८० मा ५ अर्व ३८ करोड सञ्चालन आम्दानी गरेको सर्वोत्तमले आर्थिक वर्ष २०८०÷०८१ मा आम्दानी १८ प्रतिशतले बृद्धि गरेको जनाएको छ । कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष न्यौपानेले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म सोहि अवधिको तुलनात्मक विक्री किलिङ्कर ५३ प्रतिशतले र सिमेन्ट १४ प्रतिशतले बृद्धि रेहेको उल्लेख गरे ।
    कम्पनीले आर्थिक वर्ष २०८०÷०८१ सम्मको सञ्चित मुनाफाबाट ७ प्रतिशत र बोनस सेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले लगानीकर्तालाई १० प्रतिशत लाभांस वितरण गरेको जनाएको छ ।

    सर्वोत्तमले आफ्नो उत्पादनलाई भारतमा समेत निर्यात गरेको जनाएको छ । वि.सं २०७९ सालबाट सिमेन्ट भारत निकासी गरिरहेको उद्योगले भारतिय गुणस्तर चिन्ह बिआईएस समेत प्राप्त गरेको छ । अध्यक्ष न्यौपानेले भने, ‘सुरुवाती वर्षमा १० वटा काउण्टरबाट बिक्री सुरुवात गरेकोमा अहिले ३० भन्दा बढि डिलर मार्फत भारतमा सिमेन्ट बिक्री भइरहेको छ ।’

    कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले उद्योगका लागि आवश्यक चुन ढुङ्गा हाल ३ वटा खानीबाट उत्खनन भईरहेको र चालु आर्थिक वर्षमा दुईवटा खानी थप गर्ने प्रकृया अघि बढाइएको जानकारी दिए । 

    ‘हाम्रो उद्धेश्य ग्राहकले गुणस्तरीय सिमेन्ट उपभोग गर्न पाउन भन्ने हो । त्यसैले उत्कृष्ट कच्चापदार्थको लागि उपयुक्त चुनढुङ्गा खानी आवश्यक पर्ने हुन्छ ।’ उनले भने, ‘यसबर्ष गुणस्तरीय सिमेन्ट र क्लीङ्कर उत्पादनको हिसावले सर्वोत्तम सबैभन्दा अघि आउनेछ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सर्वोत्तम सिमेन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।