Logo

२०८३, आश्विन १०गते


images
images

तेस्रो संगम कप भलिबल  : उद्घाटन खेलमा आयोजक संगम युवा क्लव विजयी

तेस्रो संगम कप भलिबल  : उद्घाटन खेलमा आयोजक संगम युवा क्लव विजयी

images
  • तेस्रो संगम कप भलिबल  : उद्घाटन खेलमा आयोजक संगम युवा क्लव विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा शुक्रवारबाट वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । संगम युवा क्लबको आयोजनामा देवदह–३ सेमरहनामा तेस्रो संगम कप भलिबल प्रतियोगिता सुरु भएको हो ।

    images
    images
    images

    प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले खेलकुदको क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरेको बताए । ‘खेलले स्वास्थ्य सङ्गै अनुशासन कायम गर्न समेत सघाउ पु¥याउँछ ।’ अध्यक्ष अर्यालले भने, ‘प्रतियोगिताका कारण खेलाडी उत्पादन सँगै उनिहरुमा भएको प्रतिभा प्रस्फुटन गर्नलाई सहयोग पुग्दछ ।’ 

    images
    images
    images

    प्रतियोगिता अन्तर्गत शुुक्रवार सम्पन्न उद्घाटन खेलमा आयोजक संगम युवा क्लब विजयी भएको छ । संगमले देवदह–५ लाई २५÷२३ र २५÷१९ को  सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक मिलन थापाले जानकारी दिए ।

    images
    images
    images

    २५ टिम सहभागी प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार पाँच सय ५५ रुपैँया, द्वितीय हुने टिमले नगद ४४ हजार चार सय ४४ र तृतीय हुने टिमले नगद २२ हजार २ सय २२ रुपेंया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक थापाले बताए ।

    कार्यक्रममा पूर्व अध्यक्ष, प्रचारप्रसार संयोजक घनश्याम भण्डारी, समाजसेवी कृष्ण प्रसाद ज्ञवाली, वेद बहादुर थापा लगायतले शुभकामना व्यक्त गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए । 

    क्लबका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता, सह–आयोजक चाहाना आमा समूहका अध्यक्ष कुमारी कामुको स्वागत र सचिव प्रितम थापाको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संगम कप भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।