Logo

२०८३, कार्तिक २७गते


images
images

पोखरा विमानस्थल सञ्चालन गर्न नसक्नुमा सरकारकै कमजोरी छ : संयोजक खनाल

पोखरा विमानस्थल सञ्चालन गर्न नसक्नुमा सरकारकै कमजोरी छ : संयोजक खनाल

images
  • पोखरा विमानस्थल सञ्चालन गर्न नसक्नुमा सरकारकै कमजोरी छ : संयोजक खनाल
    images

    काठमाडौँ । उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगका संयोजक रामेश्वर खनालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दीर्घकालीन लगानी भएकाले पछुताउनुपर्ने अवस्था नभएको बताएका छन् ।

    images
    images
    images

    शुक्रवार पोखरामा सुनौलो नेपालको गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान कार्यक्रममा बोल्दै उनले बताएका हुन् । उनले पोखरा विमानस्थलमा दीर्घकालीन लगानी भएकाले तत्काल चलेन भनेर पछुताउनुपर्ने अवस्था नभएको उल्लेख गरे । उनले १३ वर्षको अवधिमा सबै ऋण तिर्न नसकेको पनि विमानस्थल बिस्तारै चल्दै जाने विश्वास रहेको बताए ।

    images
    images
    images

    उनले पोखरामा अन्तर्राष्ट्रिय उडान हुन नसकेको पनि आन्तरिक यात्रुको चाप राम्रो रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भारतसँग नयाँ हवाई रुटमा सहमति गर्नसके चाँडै चल्ने बताए । उनले सरकारले भारतसँग पहल गर्न नसकेको कारण नयाँ रुटमा सहमति हुन नसकेको बताए । उनले सरकारले राजनीतिक शक्ति प्रयोग गरेर भारत सरकारसँग पहल गर्न नसक्नुका कारण पोखरा विमानस्थल चल्नमा ढिलाइ भएको बताए ।

    images
    images

    उनले भने पोखरा विमानस्थल सञ्चालन गर्न नसक्नुमा नेपाल सरकारकै कमजोरी छ । सरकारले राजनीतिक शक्ति प्रयोग गरेर भारत सरकारसँग जुन किसिमले पहल गर्नुपर्ने थियो त्यो गर्न सकेन । भारत सरकारले प्राविधिक स्तरमा नेपाललाई सिमरा प्रवेश बिन्दु बाहेक सुदूरपश्चिम क्षेत्रबाट दिने भनेर प्राविधिक दस्ताबेजमा भइसकेको हो । वीरेन्द्रबहादुर देउजा हुनुहुन्थ्यो । प्रवेश बिन्दुका विषयमा भारत सरकारसँग अहिलेसम्म सहमति गर्न सकेका छैनौँ । त्यो नगरेको कारण अन्तर्राष्ट्रिय उडानको लागि पोखरा विमानस्थलयोग्य भएको छैन । रुटको समस्या हल गर्नसके उडान हुन्छ । चीनबाट उडानको लागि पनि चिन सरकारसँग छलफल गर्न जरुरी छ । त्यो गरियो भने पोखरा विमानस्थलले १३ वर्षको अवधिमा ऋण चुक्ता गर्न सक्दैन । ५० वर्षपछि पूर्णरुपमा रिकभर गर्दा पनि १५ वर्षमा सकिने आयोजना होइन । दीर्घकालीन लगानी भएकाले पछुताउनु पर्ने अवस्था छैन ।’

    उनले भारत सरकारले प्राविधिक स्तरमा नेपाललाई सिमरा प्रवेश बिन्दु बाहेक सुदूरपश्चिम क्षेत्रबाट दिने भनेर प्राविधिक दस्ताबेजमा भइसके पनि अहिलेसम्म प्रवेश बिन्दुका विषयमा भारत सरकारसँग सहमति गर्न नसकेको बताए । उनले रुटका विषयमा सहमति नहुँदा अन्तर्राष्ट्रिय उडानको लागि पोखरा विमानस्थलयोग्य नभएको बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संयोजक रामेश्वर खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।