Logo

२०८३, कार्तिक २७गते


images
images

ओलीले ७ बुँदे सहमतिको अपमान गरे, सरकारको औचित्य सकियो : कांग्रेस नेता केसी

ओलीले ७ बुँदे सहमतिको अपमान गरे, सरकारको औचित्य सकियो : कांग्रेस नेता केसी

images
  • ओलीले ७ बुँदे सहमतिको अपमान गरे, सरकारको औचित्य सकियो : कांग्रेस नेता केसी
    images

    काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले २०८७ सालमा मात्रै संविधान संशोधन हुने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको आलोचना गरेका छन् ।

    images
    images
    images

    बिहीबार काठमाडौंमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले ७ बुँदे सहमतिको अपमान गरेको बताए । ‘२०८७ नभइ संविधान संशोधन नै हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले यो सरकार दुईवटा ठूलोठूलो दलबाट जो बनेको छ । त्यसको ७ बुँदे सहमतिमाथि अपमान भएको छ र यो सरकारको औचित्य पनि समाप्त भएको छ भन्ने मेरो आफ्नो दृष्टिकोण छ,’ सांसद केसीले भने ।

    images
    images
    images

    कांग्रेस र एमालेले १७ असार २०८१ मध्यराति संयुक्त सरकार बनाउनेगरी ७ बुँदे समझदारी गरेका थिए । उक्त समझदारीको बुँदा नम्बर २ मा संविधान संशोधन गर्ने प्रतिवद्धता गरिएको छ ।

    images
    images

    जहाँ भनिएको छ, ‘‘सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।’

    तर, प्रधानमन्त्री ओलीले यो समझदारीको अपमान हुने गरी बोलेको कांग्रेस सांसद केसीको टिप्पणी छ ।

    गत मंगलबार प्रधानमन्त्री ओलीले संविधान संशोधन २०८७ सालमा मात्रै हुने बताएका थिए । ‘संविधानमा केही त्रुटि छन् । संशोधन गर्नुपर्ने छ । तर यो काम २०८७ सालमा मात्रै हुन्छ,’ पार्टीको केन्द्रीय कमिटी बैठकमा ओलीले भनेका थिए ।

    प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिप्रति कांग्रेसका सांसदहरूले आपत्ति जनाइरहेका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि आपत्ति जनाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस नेता केसी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।