काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुबीच भेट भएको हो ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष दाहल, उपमहासचिव वर्षमान पुन र नेकपा एसका अध्यक्ष नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरुबीच छलफल भएको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
विपक्षी कित्तामा रहेका दुई पक्षीय नेताहरुको भेटमा संसद अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरता लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology