Logo

२०८३, कार्तिक २७गते


images
images

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति

images
  • वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति
    images

    काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको महासचिवमा विश्वभक्त दुलाल (आहुति) चयन भएका छन् । पार्टीको पहिलो राष्ट्रिय सम्मेलनले आहुति नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ । पार्टीको राष्ट्रिय सम्मेलन पुस १९ देखि २१ सम्म काठमाडौंमा भएको थियो ।

    images
    images
    images

    बिहीवार सम्मेलनका निर्णय सार्वजनिक गर्दै महासचिव आहुतिले छरिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरू एक हुनका लागि पहल गर्ने निर्णय भएको जानकारी गराएका छन् ।

    images
    images
    images

    त्यस्तै, क्रान्तिकारी शक्तिहरूका बीचमा संयुक्त मोर्चा निर्माण गर्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा नयाँ उचाईमा संघर्षको उठान गर्ने निर्णय पनि भएको जानकारी गराइएको छ ।

    images
    images

    सम्मेलनपछि बसेको पार्टीको केन्द्रीय समिति बैठकले तीन महिने कार्ययोजना निर्माण गर्ने निर्णय गरेको जारी प्रेस विज्ञप्तिमा बताइएको छ ।

    जसअन्तर्गत माघ २० गतेसम्म सबै ब्यूरोस्तरीय प्रशिक्षण सम्पन्न गर्ने, फागुन र चैत्र महिनामा २ महिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराइएको छ ।

    ‘अभियानको क्रममा सबै तहका सरकारहरूको हिसाब खोज्ने, भ्रष्टहरूलाई कारबाही गर्ने, जनताका समस्याहरु समाधान गर्न पहल लिने निर्णय गरेको छ । अभियानको उत्कर्षको रुपमा चैत्र २४ गते देशव्यापी प्रदर्शन गर्ने तथा चैत्र अन्तिम साता केन्द्रीय पार्टी स्कुल सञ्चालन गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय समिति बैठकको निर्णयमा भनिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।