Logo

२०८३, कार्तिक २७गते


images
images

शीतलहरका कारण दाउन्नेमा फेरि बाटो अवरुद्ध , हिंडेर सडक पार गर्दै यात्रु

शीतलहरका कारण दाउन्नेमा फेरि बाटो अवरुद्ध , हिंडेर सडक पार गर्दै यात्रु

images
  • शीतलहरका कारण दाउन्नेमा फेरि बाटो अवरुद्ध , हिंडेर सडक पार गर्दै यात्रु
    images

    देवदह । पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । मङ्गलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भएपनि गएराति देखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातिदेखि फेरि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

    images
    images
    images

    अहिले दुवैतर्फ सवारी साधनको लामो लाइन छ । रातभरको जामका कारण यात्रुले सास्ती भोग्न बाध्य भएका छन्। कतिपय यात्रुहरु भने रातभर हिँडेर दाउन्ने खण्ड पार गरेका छन् । काठमाडौं बाट नवलपरासी फर्किएका यात्रु मोहम्मद इजहार शेखले ३ घण्टा लगाएर पैदल हिडेर हिलाम्मे सडक पार गरेको बताए ।

    images
    images
    images

    ठाउँ ठाउँमा चिप्लोका कारण सवारी साधन एकआपसमा ठोकिएका छन्। जसले गर्दा पूर्णरूपमा सवारी आवागमन सुचारु गराउन समय लाग्ने प्रहरीले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तारको क्रममा रहेकाले दाउने खण्डमा सडक विस्तारको काम पनि भइरहेकाले हिलो हुँदा त्यसले थप समस्या बनाएको छ। पटकपटक दाउने खण्डमा हुने अवरोधले यात्रुले सास्ती भोग्दै आएका छन् ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।