Logo

२०८३, कार्तिक २७गते


images
images

लमजुङबाट नवीकरण नभएका ११४ थान हतियार बरामद

लमजुङबाट नवीकरण नभएका ११४ थान हतियार बरामद

images
  • लमजुङबाट नवीकरण नभएका ११४ थान हतियार बरामद
    images

    राजेश पराजुली पोखरा । प्रहरीले लमजुङका विभिन्न गाउँबाट लामो समयदेखि बरामद नगरेका ११४ थान हतियार बरामद गरेको छ । सबैभन्दा धेरै १०७ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयले पटक पटक मौका दिँदा पनि नवीकरण नगरिएका ११४ थान हतियार बरामद गरिएको लमजुङका डीएसपी निशान्त श्रीवास्तवले   बताए । पछिल्लो ३ महिनाको अवधिमा २२ बोर हर्नेट, १२ बोर दुई नाले, एकनाले वृज लोडिङ राइफल र १२ बोर दुई नाले बन्दुक बरामद गरिएको डीएसपी श्रीवास्तवले बताए । अवैध रूपमा हतियार राखेको भेटेपछि दुई जनालाई प्रहरीले मुद्दा चलाएको छ ।

    images
    images
    images

    स्थानीयले ४ सय ७० थान हतियार द्वन्द्वकालमा बुझाए पनि त्यसको रेकर्ड जिल्ला प्रशासन कार्यालयबाट हटाइएको थियो । ती हतियार रुजु गरेर अहिले लगत राखिएको छ ।

    images
    images

    बरामद गर्नुपर्ने ७६४ थान हतियारको विवरण तयार गरेर प्रहरीले ३ महिनासम्म हतियार सङ्कलन गर्ने अभियान चलाएको थियो । आफ्नो घरमा रहेका हतियार बुझाउन सूचना नै जारी गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हतियार बरामद
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।