Logo

२०८३, कार्तिक २७गते


images
images

देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर

देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर

images
  • देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर
    images

    देवदह । रूपन्देहीको देवदहमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न भएको छ । देवदह नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपाको संयुक्त आयोजनामा र अपाङ्ग समाज सेवा केन्द्रको समन्वयमा उक्त शिविर सम्पन्न भएको हो।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले फरक क्षमता भएका व्यक्तिहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविरको आयोजना गरिएको बताइन ।

    images
    images
    images

    शिविरमा ५७ जना बालबालिका, २ जना बयस्क गरी जम्मा ५९ जनाले सेवा लिएका छन् । ५२ जनाले फिजियोथेरापी सेवा लिएका छन्, जसमध्ये ४ जनालाई अर्थोपेडिक सहायक  सामाग्री विशेष जुत्ता वितरण गरिएको थियो । शिविरमा १८ जनाको सामाग्री नापजाँच भएको छ भने  ह्विलचेयरमा ३ जनाको नापजाँच भएको छ । ५ जना बालबालिकाको भने शल्यक्रियाका गर्नु पर्ने देखिएको अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको रूपन्देही जिल्ला फोकल पर्सन रुबिना सुनारले जनकारी दिइन । शिविरमा डाक्टर विवेक लामा र फिजियोथेरापिस्ट योगेन्द्र यादवले सहजीकरण गरेको थिए ।

    images
    images

    देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षतामा भएको शिविरमा वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, प्रहरी चौकी खैरेनीका इन्चार्ज एक्क बहादुर नेपाली, कार्यपालिका सदस्य शान्ता भट्टराई, बाल कुमार श्रेष्ठ, धर्म सापकोटा लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रम अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रका लुम्बिनी प्रदेश इन्चार्ज लेखनाथ आचार्य स्वागत र देवदह नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इन्दिरा भुसालको सञ्चालनमा भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।