Logo

२०८३, कार्तिक २७गते


images
images

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन

images
  • तिब्बतमा भूकम्पपछि ६४६ परकम्पन
    images

    ल्हासा । दक्षिण–पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको दिंग्री काउन्टीमा मंगलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बुधबार दिउँसोसम्म कूल ६४६ परकम्पनहरू पत्ता लागेको क्षेत्रीय सरकारले जनाएको छ ।

    images
    images
    images

    क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागका प्रमुख होङ लीका अनुसार सबैभन्दा ठूलो पराकम्पनको म्याग्निच्युड ४.४ थियो र यो केन्द्रविन्दुबाट करिब १८ किलोमिटर टाढा थियो ।

    images
    images
    images

    भूकम्पमा १२६ जनाको मृत्यु भएको छ र अन्य १८८ जना घाइते भएका छन् । भूकम्पप्रभावित क्षेत्रमा दूरसञ्चार, सडक र बिजुली सेवा पुनरर्स्थापना गरिएको छ ।

    images
    images

    चाइनिज रेड क्रस सोसाइटी (आरसीएससी)ले मंगलबार राति भूकम्प प्रभावित क्षेत्रहरूमा दोस्रो चरणको राहत सामग्री पठाएको छ । यसमा कपडाको पाल, सिरक र फोल्डिङ बेडलगायत चार हजार तीन सय वस्तु समावेश छन् ।

    आरसीएससीद्वारा आपतकालीन सरसफाइ शौचालय, खाना पकाउने गाडी र क्याम्पर गाडीलगायत अन्य आपतकालीन प्रतिक्रिया सामग्रीसहित ५० भन्दा बढी उद्धारकर्मी पनि प्रभावित क्षेत्रमा पठाइएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # परकम्पन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।