Logo

२०८३, कार्तिक २७गते


images
images

जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छु : उर्जामन्त्री

जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छु : उर्जामन्त्री

images
  • जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छु : उर्जामन्त्री
    images

    काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले जगदुल्ला जलविद्युत आयोजनाको ठेक्का प्रकरणमा आफ्नो संलग्नता पुष्टि गर्न चुनौती दिएका छन् ।

    images
    images
    images

    बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उर्जामन्त्री खड्काले विभिन्न राष्ट्रिय सञ्चारमाध्यममा समेत आफू संलग्न रहेको भनेर समाचार प्रकाशन भएकोप्रति आपत्ति जनाउँदै आफ्नो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिने घोषणा गरेका हुन् ।

    images
    images
    images

    केही सञ्चारमाध्यमहरूले आफूले राम्रो काम गर्न लागेको देखेर भ्रम पैदा गर्न गलत समाचार प्रकाशन गरेको बताए । उनले पित पत्रकारितामा रमाउन नहुने भन्दै यसले पुस्तौँसम्म असर पर्ने बताए । उनले सत्यतथ्य भए तत्काल कारबाही अघि बढ्ने भन्दै गलत कुरा गरेर आफ्नो पेट पाल्नेतिर नलाग्न आग्रह गरे ।

    images
    images

    उनले केही गर्नखोज्ने मान्छेहरूप्रति लुटमार गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

    उनले भने ‘काम गर्ने सिलसिलामा भर्खरै सञ्चारमाध्यममा राष्ट्रिय सञ्चारमाध्यममा पनि मेरो नाम जोडेर अत्यन्तै गलत समाचार सम्प्रेषण गरेको पाइयो । काम गर्ने सिलसिलामा यस्तो हुने होला की साँच्चै हो ? यो पित पत्रकारितामा रमाउनु हुँदैन । म पत्रकारिता गर्ने साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु । सत्यतथ्य भए त उतिखेरै अगाडि बढ्न सकिहालिन्छ नि । त्यसका लागि त म पुरस्कारै दिन चाहन्छु । कसैले प्रमाणित गरिदिन्छ, सत्यतथ्य ल्याउन सक्छ भने म पुरस्कार पनि दिन चाहन्छु । यस्तो गलत कुरा गरेर पेट पाल्ने कुरातिर लाग्नु हुँदैन । यसले देशलाई नोक्सानी गर्दछ । तपाईँ आफैँ पनि ठगिनुहुन्छ । एकछिन रमाएर हुँदैन । पुस्तौँलाई नोक्सानी गर्दछ । केही गर्नखोज्यो की गर्न खोज्ने मान्छेहरुकाप्रति यस्तो गरेर लुटामार चलिरहने, यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।