Logo

२०८३, कार्तिक २७गते


images
images

लुम्बिनीमा दान वापत १ करोड ४३ लाख सङ्कलन

लुम्बिनीमा दान वापत १ करोड ४३ लाख सङ्कलन

images
  • लुम्बिनीमा दान वापत १ करोड ४३ लाख सङ्कलन
    images

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी स्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रुपैयाँ सङ्कलन भएको छ ।

    images
    images
    images

    आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    images
    images
    images

    पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको रकम गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताए । उनले स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोली गणना गर्ने गरिएको जानकारी दिए ।

    images
    images

    दानपेटिकामा सङ्कलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरु खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । 

    मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरुले श्रद्धाले दान चढाउने गर्छन् । दानवापत सङ्कलित आम्दानीबाट कोषको आन्तरीक खर्च व्यवस्थापन हुँदैआएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मायादेवि मन्दिर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।