Logo

२०८३, कार्तिक २७गते


images
images

लायन्स क्लव अफ पाकरीबृक्षद्धारा बालबालिकालाई कपडा वितरण

लायन्स क्लव अफ पाकरीबृक्षद्धारा बालबालिकालाई कपडा वितरण

images
  • लायन्स क्लव अफ पाकरीबृक्षद्धारा बालबालिकालाई कपडा वितरण
    images

    देवदह । सन्दिप आधारभुत विद्यालय देवदहका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लव अफ पाकरीबृक्षले क्वलका सदस्य सुनिता पाण्डेको जन्मदिनको अवसर पारेर मंगलवार बिद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको हो ।
     
    क्लवका अध्यक्ष विन्दु थापाको अध्यक्षता र लायन्स क्लव अफ देवदहका संस्थापक अध्यक्ष तथा लायन्स डिष्ट्रिक ३२५ पि का को चिफ एडभाइजर विष्णु्प्रसाद पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका ६५ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको क्लवका द्धितिय उपाध्यक्ष  विनिता श्रीसले जानकारी दिइन् । 

    images
    images
    images

    कार्यक्रममा सबै बिद्यार्थीलाई टोपी र १२ जना बिद्यार्थीलाई स्वेटर र मोजा प्रदान गरिएको उपाध्यक्ष श्रीसले बताईन् ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले लायन्स क्लवहरुले सामाजिक क्षेत्रमा देखाएको अग्रसरताले अन्य संघसंस्थालाई पनि समाजसेवा प्रति अग्रसर हुने प्रेरीत गरेको बताए । 

    images
    images

    विद्यालयका अध्यक्ष तथा वडा नं ९ का अध्यक्ष मोहनबहादुर जिसीले शिक्षा क्षेत्रमा सबैको चासो र चिन्तन हुनुपर्ने बताउँदै भोलीका कर्णधारहरुलाई लायन्स क्लवको सहयोग स्मरणयेग्य रहने जिकिर गरे ।

    क्लवका सचिव कृष्णमाया रानाको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गालाल तिवारी, क्लवका रिजन चेयरपर्सन बिनोद थापामगर, संस्थापक अध्यक्ष मीना गुरुङ्ग लगाएतको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।