Logo

२०८३, कार्तिक २७गते


images
images

बालिका बलात्कार आरोपमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी कारागार चलान

बालिका बलात्कार आरोपमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी कारागार चलान

images
  • बालिका बलात्कार आरोपमा पक्राउ परेका बिर्तामोडका पूर्व नगरप्रमुख शिवाकोटी कारागार चलान
    images

    काठमाडौं  । घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी कारागार चलान भएका छन् ।

    images
    images
    images

    झापा जिल्ला अदालतले सोमबार उनलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

    images
    images
    images

    सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।

    images
    images

    शिवाकोटीको स्वास्थ्य अबस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले बताए ।

    आइतबार शिवाकोटीसँग बयान लिइएको थियो । शिवाकोटीको पक्षमा अशोक पोखरेल, गजेन्द्र आचार्य, टंक उप्रेती, बालकुमार कट्वाल लगायतका कानुन व्यवसायीहरूले बहस गरेका हुन ।

    घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो।

    प्रहरीले उनलाई गत मंसिर २४ गते पक्राउ गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नगरप्रमुख शिवाकोटी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।