काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक लम्बिने भएको छ । दुई दिन बस्ने भनिएपनि नेताहरूले बोल्न बाँकी रहेकाले भोलि पनि बैठक बस्ने भएको हो ।
अहिलेसम्म ६४ जना केन्द्रीय सदस्यले बोलेका छन् । ‘भूगोलका ६४ जना र गैरभूगोलका १० जनाले आफ्नो कुरा राखेपछि अहिले पोलिटब्यूरो सदस्यहरुले बोल्न थालेका छन्’, एक केन्द्रीय सदस्यले भने ।
अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्न तीन मिनेटको समय छुट्याइएको छ । तर ठूलो कमिटी भएकाले बैठक लम्बिने भएको हो । एमालेमा तीन सय ३१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology