बुटवल । बुटवलमा जारी ‘मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१’ को पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता नेपाल पुलिस क्लब र समूह ‘बी’ को उपविजेता भारतको गुजरात भलिबल एसोसिएसन भिड्ने भएका छन् ।
दोस्रो सेमिफाइनल समूह ‘बी’को विजेता त्रिभुवन आर्मी क्लब र समूह ‘ए’को उपविजेता मणिमुकुन्द भलिबल क्लबबिच हुनेछ ।
सोमवार लिग चरणको अन्तिम २ खेल सकिएपछि समूह विजेता र उपविजेताको टुंगो लागेको हो ।
सोमवार पहिलो खेलमा पुलिसले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८, २५–१९ र २८–२६ को सोझो सेटमा पराजित गर्यो । दोस्रो खेलमा आर्मीले एपिएफलाई २५–१७, २५–२१, १९–२५ र २५–१५ को सेटमा हराएका हो ।
प्रतियोगिताको विजेताले ७ लाख ५० हजार, दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथोले १ लाख रुपैयाँ पाउनेछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology